बुधबार, वैशाख २६, २०८१

डा.दीपक खरेलको उपचारका क्रममा मृत्यु

मेरोन्यूज २०७८ मंसिर २ गते १७:१७

काठमाडौं । सवारी दुर्घटनामा घाइते भएर राष्ट्रिय ट्रमा सेन्टरको आईसीयूमा उपचाररत २८ वर्षीय डा दीपक खरेलको मृत्यु भएको छ ।

Advertisement


डा.खरेलको आज बिहान ८ बजेर २३ मिनेटमा मृत्यु भएको ट्रमा प्रशासनका जनाएको छ । डा.खरेल कार्तिक २१ गते रूपन्देहीमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।


टाउको र घाँटीमा चोट लागेका उनलाई उपचारका लागि बुटवलबाट ललितपुरको मेडिसिटी अस्पताल रिफर गरिएको थियो । टाउकोको शल्यक्रिया एक साताअघि ट्रमा सेन्टर रिफर भएका थिए ।

डा.खरेलको न्युरो सर्जन डा.राजीव झा नेतृत्वको टोलीले उपचार गरिरहेको थियो । डा.खरेल कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत थिए ।

प्रतिक्रिया