बिहीबार, वैशाख २७, २०८१

थप ४१२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

मेरोन्यूज २०७८ मंसिर १ गते १६:४२

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार १०६ जनाको पीसीआर परीक्षणमा ३६३ र १ हजार ८८७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, कोरोना संक्रमण पुष्टी भएका थप एक जनाको पछिल्लो २४ घण्टामा अवधिमा मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ११ हजार ४८३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टको अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २०२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १९ सय १७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिले देशभरी ७ हजार ६५४ जना सक्रिय संक्रमित रहेका छन् ।

Advertisement

प्रतिक्रिया