बुधबार, वैशाख २६, २०८१

देशभर थप ३९७ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक २६ गते १५:५१

काठमाडौं । नेपालमा थप ३९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको ११ हजार ६६ जनाको कोरोना परीक्षण गर्दा ३९७ जनामा संक्रमण पुष्टी भएको हो ।

देशभर ९ हजार १३४ जनाको पीसीआर र १९३२ जनाको एन्टिजेन बिधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टी भएको हो ।
नेपालमा हाल ७ हजार ४९८ जना सक्रिय संक्रमित छन् ।

काठमाडौं उपत्यकामा भने शुक्रबार १७१ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १२५, ललितपुरमा ४२ र भक्तपुरमा ४ संक्रमित थपिएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ ।

सोही अवधिमा ३८९ जना कोरोना संक्रमणमुक्त भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

प्रतिक्रिया