बुधबार, वैशाख २६, २०८१

रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरु

मेरोन्यूज २०७८ कार्तिक २६ गते ८:१८

रोल्पा । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरुआत भएको छ । एमडिजिपी तहका चारजना चिकित्सकले अस्पतालमा आफ्नो सेवा सुरुगरेसँगै अन्यत्र बिरामी रिफर गर्नुर्पे अवस्था अन्त्य भएको बताइएको छ ।

Advertisement

निकसाइमन्स इन्स्टिच्युटको सहयोगमा डा रणबहादुर बोगटीसहित अन्य तीन चिकित्सकले सेवा सुरु गरेको अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फविन्द्र आचार्यले दक्ष चिकित्सकद्वारा सेवा सुरुभएसँगै यहाँका बिरामी अन्यत्र जानुपर्ने अवस्था अन्त्य हुने बताए । डा बोगटीले भने “दुर्गम जिल्लाका बिरामीको सेवा गर्न पाएकोमा म खुशी छु । ”

प्रतिक्रिया