बिहीबार, वैशाख २७, २०८१

देशभर ४४० जना कोरोना संक्रमित थपिए, छ जनाको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक २४ गते १५:५६

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट ४४० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ४०७ जनाको पिसिआर परीक्षण र १ हजार ४ सय ७ जनाको एन्टिजेन परीक्षण गरी ६ हजार ८१४ जनाको कोरोना परीक्षण गर्दा ४४० जनामा संक्रमण पुष्टी भएको हो ।

कोरोना संक्रमण पुष्टी भएका थप ६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ६ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ७५९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९७९ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ७ लाख ९६ हजार ७८० निको हुनुका साथै ११ हजार ४६० जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ रहेको छ ।

Advertisement

प्रतिक्रिया