बिहीबार, वैशाख २७, २०८१

लोक सेवा आयोगद्वारा स्वास्थ्य सेवामा विज्ञापन खुल्ला

मेरोन्यूज २०७८ कार्तिक २४ गते ९:५४

काठमाडौँ । लोक सेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा ठूलो संख्यामा विज्ञापन खुला गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ र ८ औं तहका लागि ९६ जनाको विज्ञापन खुला गरेको हो ।

Advertisement

लोक सेवाले खुला, सामावेशी र आन्तरिक प्रतिस्पर्धाका लागि दरखास्त आह्वान गरेको छ। आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्ट लगायतका पदमा दरखास्त माग गरेको छ ।

प्रतिक्रिया