बिहीबार, वैशाख २७, २०८१

थप ५३३ जनामा कोरोना संक्रमण, ४८४ जना संक्रमणमुक्त

मेरोन्यूज २०७८ कार्तिक २३ गते १६:२७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५३३ जना कोभिड संक्रमित थपिएका छन् । सोही अवधिमा १६ हजार ७३६ जनाको नमुना परीक्षण गर्दा ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेकोे छ ।

पछिल्लो २४ घण्टामा ४८४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ६१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया