बिहीबार, वैशाख २७, २०८१

तिहारमा खानेदेखि झिलीमिली वस्तुको भाउ बढ्यो (सूचिसहित)

सर्वसाधारण मारमा, सरकारी निकाय नाम मात्रको

किरण अधिकारी २०७८ कार्तिक १४ गते १६:३७

काठमाडौं । दशैँ सकिएको केहि दिनमै तिहारको चहलपहल शुरु भएको छ । नेपालको केन्द्रीय राजधानी काठमाडौंदेखि प्रदेश राजधानी, शहर तथा ग्रामीण क्षेत्रमा तिहारका लागि सामग्री किन्नेको भीँड देखिन थालेको छ ।

विभिन्न पसलहरुमा शुरु हुन थालेको छ, झिलिमिली बत्तिको, कतै पालामा दियो बालिनुका साथै कतै मैनबत्तिले सजावट । दशैँको रौनक मनबाट ओझेल पर्न भ्याएको छैन, अर्को ठूलो चाड तिहार हाम्रो सामुन्ने आइसक्यो ।

Advertisement

तिहारले बजारलाई बढावा दिएको छ, जसले गर्दा मुलुकको अर्थतन्त्रमा तरंग ल्याएको संकेत देखिन्छ । उद्योग मन्त्रालय अन्तरगतको वाणिज्य विभागअनुसार कुला खुद्रा व्यापारमध्ये ३० प्रतिशत दशैँ र तिहारको समयमा केन्द्रित हुन्छ ।

चाडपर्वकाबेला सर्वसाधारण मारमा नपरुन् भन्नका लागि दैनिक बजार अनुगमन गरेको वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागले दाबी गरेको छ । विभागका निर्देशक एंव प्रवक्ता शिवराम सेढाईँले समयानुसार तिहारका सामाग्रीको मुल्य बढ्नु स्वभाविक भएपनि मनलाग्दी बढाउनु र मिति सकिएको तथा तौलमा मनलाग्दीदेखि ढग्ने प्रवृत्ति भएकालाई कानुन अनुसार कारबाही गरिनेछ ।

‘समानुसार बढेको मूल्यभन्दा बढी निर्धारण गरेको, समाग्री ठिक छ छैन, तौलमा ढगेका छ छैन, म्याददेखि सबै प्रकृया जाँच गरेर मात्र सामन किन्नुपर्छ, सबै सर्वसाधारण सचेत भए व्यापारीले तिहारको निहुँ पारेर ठग्न सक्दैनन् ।’– उनले भने ।

सरकारी निकायको यो भनाईप्रति सर्वसाधारणको विश्वास छैन । भिडभाडमा सबै प्रकृया जाँच गर्दा पालोमा अरुलाई गाह्रो हुने र अरुले त्यसो गर्दा आफूलाई एउटा सामान किन्दा धेरैबेर लाग्ने भएकाले बजार अनुगमन चाडपर्वकाबेला मात्र नभएर सामान आएर पसलमा राख्नुअघि नै जाँच चेक गर्दा सहज हुने सर्वसाधारण बताउँछन् ।
काठमाण्डौं कोटेश्वरकी डेमामालिनी शर्मा तिहारका भाइमसला, फलफूल, रङ, विद्युतीय बत्तीको कारोबार पनि तिहारमा अत्यधिक हुने भएकाले मूल्यको मनोमानीलाई आफू जस्तो साधारण व्यक्ति जति चनाखो भएपनि नियन्त्रण गर्न नसकिने बताउँछिन् ।

उनले भनिन् ‘तिहारका भाइमसलामा सुकमेल सबैभन्दा धेरै महंगो छ, काजु, छोकडा, ल्वाङ, वदाम, किसमिस, पेस्ता, किसमिस देखि, घर सजाउन झिलिमिली बत्ति, भाइदाइलाई दिन साधारण कपडा सबैको मूल्य बढेको तर माला भने गत वर्षभन्दा सस्तोमा पाएकी छुँ ।’

काठमाडौंको मुख्य क्षेत्र न्युरोडमा भाडा पसल राखेको सन्तोष खड्काले खरिद मूल्यभन्दा केही महंगोमै सामान बिक्रि गर्ने नियमानुसार हुने भएकाले व्यापारीले ठगे भन्नु आरोप मात्र भएको उल्लेख गरे ।

नेपाल खुद्रा व्यापार संघ भने समयानुसार केही वस्तुको मूल्य बढ्दैमा व्यापारीलाई फटाहाको संकेत नदिन आग्रह गर्छ । संघका सचिव राजु मास्केले सरकारी नियम पालना गरि कार्य गरेकाले कसैले पनि आरोप लगाउन नहुने बताए ।

‘पछिल्लो समय लागत र भाडामा मुल्य बढेकाले कुनै पनि वस्तुको मुल्य महंगो भएकाले गल्तीको आरोप लगाउन आग्रह छ, उनले भने, ‘तिहार हाम्रो पनि भएकाले एक वस्तु हाम्ले बेच्छौं भने अर्को अन्तबाट किन्नुपर्ने भएका सबैले नियमानुसार मात्र बिक्रि गरेका छौं ।’

तर व्यवसायीको कुरालाई बाहानको संकेत दिदै सर्वसाधारणको पक्षमा वकालत गर्दै आएका नेपाल उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारी निकायले सचेत हामी हुनुपर्छ भनेर साधारण व्यक्तिलाई भन्नुभन्दा अनुगमनमा कडाई गरे महंगीको समाधान हुने उल्लेख गरे ।

उनले भने– ‘समयानुसार बढ्ने भए तिहार मसलामा ५० प्रतिशत, तिहारका झिलीमिली बत्तिमा ३० प्रतिशत बढ्ने, मालामा गत वर्षभन्दा सस्तो कसरी भयो त ? फूल प्रतिगोटा ३० रुपैयाँमा पाइने कसरी ?, सरकारी निकायले नामको मात्र काम गर्ने भएकाले हामीसँगै सर्वसाधरण मारमा पर्छन्, समाधानका लागि सरकारी कार्यविधिमा परिवर्तन ल्याउनुको विकल्प छैन ।’

२०७८ कात्तिक १४ गते आइतबार नेपाल खुद्रा व्यापार संघले तोकेको केही वस्तुको मुल्य सूची

किरण अधिकारी

मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया