शुक्रबार, वैशाख १४, २०८१

सर्वोच्च अदालतका न्यायाधिशहरु जुटे छलफलमा

मेरोन्यूज २०७८ कार्तिक १० गते १२:१२

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधिशहरु छलफलमा जुटेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएका सर्वोच्चका न्यायाधिशहरु छलपलमा जुटेका हुन् ।

आजको छलफलपछि न्यायाधिशहरुले प्रधानन्यायाधिशको लिखित रुपमा राजीनामा माग्ने बताइएको छ । न्यायाधिशहरुले प्रधानन्यायाधिशले सरकारमा भाग खोजेको, न्यायालयको गरिमामा आँच आउने काम गरेको भन्दै उनको राजनीमा माग्दै आएका छन् ।

छलपलमा जुटेका न्यायाधिशहरुले आजको इजलास बहिष्कार गर्ने जनाइएको छ । तर प्रधानन्यायाधीश जबराले बुधबार संवैधानिक इजलाससहितको पेसी तोकेका छन् । जबराले आफूसहित वरिष्ठतम् न्यायाधीशहरु रहेको संवैधानिक इजलासमा पेसी तोकेका हुन् ।

प्रतिक्रिया