शनिबार, वैशाख १५, २०८१

सात जिल्लाका फेरिए सिडियो (कुन जिल्लामा को ?)

मेरोन्यूज २०७८ असोज ३१ गते १९:०१


काठमाडौं । गृहमन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) को फेरि काज सरुवा गरेको छ ।

मन्त्रीस्तरीय निर्णयका आधारमा यस अगाडी पनि गृहले पटक पटक सिडिओ सरुवा गदै आएको थियो । पछिल्लो पटक यसरी सरुवा भएर सिडियो भई जानेहरुमा कैलालीमा किरण थापा, पाल्पामा जगन्नाथ पन्त, अर्घाखाँचीमा हरिप्रसाद घिमिरे, सिन्धुपाल्चोकमा वेदनिधि खनाल , डोल्पामा बेदनिधि अधिकारी, मुस्ताङमा नेत्रप्रसाद शर्मा र स्याङजामा राजुप्रसाद पौडेल रहेका छन् ।

कैलालीको सिडियो रहेका खगेन्द्रप्रसाद रिजाल, स्याङजाको सिडियो रहेका दिपकराज नेपाल र अर्घाखाँचिका सिडियो रहेका विष्णु पौडेल गृह मन्त्रालयमा काज सरुवा भएको छ भने डोल्पाका सिडियो माधवप्रसाद ढकाल राष्ट्रिय विपद् जोखिम न्यनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा भएका छन् ।

हेर्नुहोस सूचि

प्रतिक्रिया