बिहीबार, वैशाख २७, २०८१

नयाँ बानेश्वरको सिटी स्केप रेष्टुरेन्ट, जहाँबाट यसरी लिन सकिन्छ आनन्द

मेरोन्यूज २०७८ असोज ३१ गते ११:५७

काठमाडौँ । काठमाडौंमै घर भई यहि जन्मेका, हुर्केका रोशन श्रेष्ठ आफैमा केही गर्ने सोचमा थिए । बानेश्वरको अन्तराष्ट्रिय सम्मेलन केन्द्र (संसद भवन) भन्दा पछाडी उनको घर छ । उनले त्यही बानेश्वर चोकको ठूलो घरबाटै केही नयाँ गर्ने सोच बनाए ।

Advertisement

उनको वुवाको आफ्नै खालको सोच थियो । तर उनको बुबाको देहान्त भईसकेको थियो । वुवाको सोचलाई पूरा गर्ने उदेश्यले नयाँ बानेश्वरको चोकको खाली भएको पाँचौ तलालाई भाडामा लिए श्रेष्ठले ।

उपभोक्तालाई स्वादको सन्तुष्टिमा खुसी राख्ने गरी उनले खोले सिटी स्केप । रोशनले होटल लाइनमै धेरै समय विताए । अहिले पनि उनी होटल म्यानेजमेन्टदेखि टुरिजमका विषयमा विभिन्न कलेजमा अध्यापन गराईरहेका छन् ।

सिटी स्केप, थ्री इन्जिनियरिङ कन्ट्रक्सन र मफिन्स द बेकरी

होटल अध्ययन तथा अध्यापन गराउँदा नै रोशनले धेरै कलेजका साथीहरु चिनेका थिए । उनलाई लाग्यो, – क्याम्पसका साथीभाई, विद्यार्थीलाई फरक स्वादको टेस्ट दिलाउने गरी केही नयाँ गरौं ।

कि गरेको काम मन पराउनुपर्छ कि मन परेको काम गर्नुपर्छ । इन्जिनियर बन्ने सोचलाई टाढा राखेर उनले होटल पढे, पढ्ने इच्छा भएको क्षेत्रमा साथीहरु भएकाले थ्री इन्जिनियर कन्ट्रक्सन खोले । ज्ञानेश्वरमा पनि मफिन्स द बेकरी सञ्चालनमा ल्याए । कामलाई मन पराए । इन्जििनियरिङ लाइनमा सेल्स र मार्केटिङको जिम्मेवारी लिए ।

भैरहवामा बुद्ध माया होटल बनाए । रेष्टुरेन्टमा पुरानो शैलीभन्दा नयाँ ढाँचाले अगाडी बढ्दा अवसर राम्रो रहेको उनको अनुभव छ । कोरोनाका कारण केही समस्या भएपनि क्रमशः वातावरण सहज बन्दै गरेकोले रेष्टुरेन्टमा विदेशीलाई मात्र करेर बस्नु नपरेको उनले बताए । अहिले सर्वसधारण नै पनि रेष्टुरेन्टहरुमा रमाउन मन पराउने गरेकोले सबै नेपालीलाई मध्यम रकममा स्वादिलो परिकार खुवाउन लागेका छन् ।

दृश्य र क्वालिटी फुडका लागि सिटी स्केप

मध्यम व्यक्ति, विद्यार्थी युवाका लागि सिटी स्केप आनन्ददायी गन्तब्य हुन सक्छ ।

उनको रेष्टुरेन्टबाट भक्तपुर देखिनुका साथै विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द (बीआइसीसी), त्रिभुवन विमानस्थलदेखि टाढाको दृश्य सहज देखिन्छ । यसले मानिसहरुलाई आकार्षित पार्ने श्रेष्ठकाे भनाई छ । त्यतिमात्र नभएर तनाब भएकाबेला गीत संगित सुन्दै आनन्द लिन सकिने, जन्मदिन, कुनै चाडपर्वको मौकामा पारिवारिक जमघट हुने या कुनै विशेष कार्यक्रमका लागि सिटी स्केप आर्कषक गन्तब्य हुन सक्ने उनको भनाई छ ।

त्यतिमात्र नभएर फुड कन्डिसनमा फरकता फ्यु डिस्क, फेर्मिङ टिक्का, आगो बालेर टिक्का दिने, गुणस्तर पनि धेरै राम्रो, आँखाले हेर्दा खाउँ खाउँ लाग्ने भएकाले पनि सिटि स्केप आउन रोशन आग्रह गर्छन् । स्टार होटलमा जुन क्वालिटिको परिकार हुन्छ त्यही नै क्वालिटीको परिकार रेष्टुरेन्टमा पाइने श्रेष्ठको जिकिर छ ।

रोशनको बुबाले जनकपुर चुरोट कारखानामा काम गर्दा भनेका थिए, सिक्नको लागि जागिर खाने हो । सिकेपछि आफूले खोजेको बाटोमा लाग्नुपर्छ । बुबाले हुर्काउने देखि पढाउने, इच्छाएको सबै काम पूरा गर्न लागेकाले शिक्षाका लागि काठमाडौं आएका युवाले कलेजमा फि तिर्न पैसा नपुगे आफनो रेष्टुरेन्टमा काम गर्न आउन आग्रह गर्छन् । होटलतिर इच्छा भएका र होटल पढेकालाई पार्ट टाइमका लागि काम गर्न आउन पनि उनले युवाहरुलाई आग्रह गर्छन् ।

काठमाडौंको मान्छे भएपनि मध्यम परिवार भएकाले नयाँ बानेश्वर चोकमा गाडी चढेर स्कूल, कलेज पढ्न जाने उनि अध्ययनसँगै जागिर खाएर पैसा बचाउदै गए । त्यही पैसा लगानी गरेर उनी ब्यवसायमा आएका हुन् । ३ जना अरु साथीसँग मिलेर साढे १ करोड रुपैयाँ सुरुको लगानीमा पहिलाको बादशाहा रेष्टुरेन्टमा सिटी स्केप राखे । कसैले फ्रेन्चाइजी लिन चाहेमा काठमाडौं उपत्यकाभन्दा बाहिर सिटी स्केप खोल्ने सोच पनि उनको छ ।

प्रतिक्रिया