मंगलबार, वैशाख २५, २०८१

आजको राशिफल : आश्विन ११ गते सोमबार

ज्यो. दिवाकर पन्त २०७८ असोज ११ गते ६:०८

आज २०७८ साल आश्विन महिनाको ११ गते सोमबार, आश्विन कृष्णपक्षको षष्ठी तिथि, उप्रान्त सप्तमी तिथि रहेको छ । आज सोह्रश्राद्धअन्तर्गत सप्तमीश्राद्ध रहेको छ । आज पर्यटन दिवस रहेको छ ।

Advertisement

मेष
पेशागत जीवन औसत खालको रहने छ । जीवनसाथिको साथ वा सल्लाह अनुसार काम गरेमा सफलता प्राप्त हुने छ । साझेदारीमा गरिएका कामबाट भने सफलता हात लाग्ने छ । आम्दानीमा केही गिरावट आउने छ । शारीरिक कमजोरी देखिने तथा मनोबलमा कमि आउने छ ।

वृष
आम्दानीमा गिरावट देखा पर्ने छ । व्यक्तित्वमा दृढता आउने भएकाले कठिन परिस्थितिसँग पनि जुध्न तागत आउने छ । पेशागत जीवनमा विभिन्न खाले समस्याहरु देखा पर्ने छ । विशेषगरी अफिसियल झैझगडामा फसिने भएकाले संयमित भई पाइला चाल्नु वेस हुने छ ।

मिथुन
यस अघि देखिएका कठिनाईहरुमा क्रमशः सुधार आउने छ । पेशागत जीवनमा सुधार आउने छ । भाग्यहिनताका कारण चालिएका कदमहरु धेरै सफल भने भई हाल्ने छैनन् । मनमा नकारात्मक विचारहरुले सताउने छ ।

कर्कट
पेशागत जीवनमा आँकलन नगरिएका समस्याहरुले उल्झन ल्याउने छ । तर आम्दानीमा हुने बृद्धिले मनमा दृढताको अभाव भने हुने छैन् । व्यापारमा आवद्धहरुको हकमा भने अलि धैर्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह
आम्दानी प्रति मनोबल केन्द्रीत हुने छ । पेशागत जीवनमा सकारात्मक सुधारहरु देखा पर्ने छन् । मनमा सुख सन्तोषको भने अभाव हुने छ । विदेशमा रहेकाहरुको हकमा आम्दानीमा सुधार आउने छ । व्यापारमा सुधार आउने छ ।

कन्या
आम्दानी सोचे जस्तो बन्ने छैन् । पेशागत जीवनमा सकारात्मक सुधारका संकेतहरु आउने छन्, जसले गर्दा नयाँ उमङ्ग सञ्चारित हुने छ । अझै पनि आफ्नो पेशागत क्षेत्रका उच्चस्तरका पदाधिकारीहरुको मन जित्न निकै मेहनत गर्नु पर्ने देखिन्छ ।

तुला
बौद्धिक जीवनमा बढोत्तरी हुने छ । पेशागत क्षेत्र अनुकुल रहने छ । आम्दानीमा बृद्धि हुने हुँदा त्यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । नयाँ सवारीसाधन खरिद गर्नका लागि मन जाने छ । तर मनमा अलि दुविधात्मक विचारहरु भने देखिन्छ ।

वृश्चिक
भाग्यहिनताका कारण आँटेका कामहरु पुरा हुन कठिन पर्ने छ । पेशागत जीवनमा प्रतिकुलतासँग जुध्नु पर्ने छ । व्यक्तित्वमा हुने दृढताका कारण अरुले हेप्न भने सक्ने छैनन् । पारीवारिक जीवनमा अन्योलता र उकुसमुकुसको वातावरण रहने छ, अर्थात झैझगडाको अवस्था रहने छ ।

धनु
बोली प्रभावकारी हुने हुँदा अरुको विश्वास छिट्टै आर्जन गर्न सकिने छ । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । निभाएको भुमिका सफल हुने र अरुले कदर गर्ने छन् । नोकरी तथा व्यापार दुबैमा लाभ मिल्ने छ ।

मकर
मनोबलमा गिरावट आउँदा असफल हुन्छु कि जस्तो विचार मनमा लागि रहने छ । मनमा उदासिनताको मात्रा बढ्न जाँदा निराशाले गाँज्ने छ । अरुले दुविधाले भरिएको व्यक्तित्व आभाष गर्ने छन् । पेशागत जीवन सोचे जस्तो हुने छैन् । त्यसैले ठिक्क मात्रामा मात्र महत्वाकांक्षा लिएर अघि बढ्नु ठिक हुने छ ।

कुम्भ
भाग्यको साथ रहेका कारण चालेका कदमहरु सफल हुने छन् । पेशागत जीवनबाट लाभ मिल्ने छ । पारीवारिक जीवनमा सम्बन्धहरुमा क्रमशः सुधारका संकेतहरु देखिने छ । बोलीमा अलि कठोरता देखिने भएकाले संयमित रहनु नै वाञ्छनीय हुने छ ।

मीन
आम्दानीमा बृद्धि हुने भने धन सम्पत्तिको अभिबृद्धि हुने छ । पेशागत जीवनमा सुधार आउने छ । दृढ खालको व्यक्तित्व हुने भएकाले प्रतिष्पर्धात्मक क्षमताको अरुले अनुभूति गर्ने छन् । परिवारमा द्वन्द देखिने छ । रिस धेरै हुने भएकाले यसमा संयमित रहनु होला ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया