बुधबार, वैशाख २६, २०८१

सुमेरु सिटी अस्पताल कारबाहीमा

मेरोन्यूज २०७८ असोज १० गते २०:५८

काठमाडौं । ललितपुरस्थित सुमेरु सिटी अस्पताल कारबाहीमा परेको छ ।

Advertisement

एन्टिजेन परीक्षणमा सरकारले तोकेभन्दा बढी शुल्क असुलेको भेटिएपछि अस्पताललाई कारबाही गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

ललितपुरका सहायक प्रजिअ बस्नेत नेतृत्वको अनुगमन टोलीले आइतबार अनुगमनका क्रममा अस्पताललाई अन द स्पट २० हजार रुपैयाँ जरिवाना कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।

यस्तै, टोलीले ललितपुर क्षेत्रका होटल, रेष्टुरेन्टहरुको पनि आइतबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा कतिपय होटल ब्यवसाय दर्ता नवीकरण नगरेको तथा मूल्य सूचि नराखेको भेटिएको प्रशासनले जनाएको छ ।

त्यस्ता ब्यवसायलाई तत्काल नवीकरण गर्न तथा मूल्य सूचि राख्न निर्देशन गरिएको सहायक प्रजिअ बस्नेतले बताए । अनुगमनकै क्रममा टोलीले डल्ले रेष्टुरेन्ट र रोडहाउस पिजरियालाई १०÷१० हजार तथा लेबल ३ टेरिस प्रालिलाई ५ हजार रुपैयाँ जरिवाना गराएको छ ।

प्रतिक्रिया