मंगलबार, वैशाख २५, २०८१

देशभर ८३४ जनामा कोरोना पुष्टि, १३ सय जना संक्रमणमुक्त

मेरोन्यूज २०७८ असोज १० गते १६:४५

काठमाडौँ । आज देशभर ८३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ९ जनाको मृत्यु भएको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा एक हजार २७९ जना कोरोना संक्रमण मुक्त भई फर्किएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । १३ हजार ७३६ जनामा कोरोना परीक्षण हुँदा करिब ८ सय जनामा कोरोना पुष्टि भएको हो ।

आज ९ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउने संख्या ११ हजार ९६ पुगेको छ ।

प्रतिक्रिया