बिहीबार, वैशाख २७, २०८१

बँदेल मार्न थापेको पासोमा परी ३ जनाको मृत्यु

मेरोन्यूज २०७८ असोज २ गते ८:२२

काठमाडौँ । जंगली जनावरलाई थापेको पासोमा परी एकै परिवारको तीन जनाको मृत्यु भएको छ । बर्दियामा जंगली जनावर बँदेललाई थापेको पासोमा परी तीन जनाको मृत्यु भएको हो ।

Advertisement

विद्युतीय पासोमा परी ठाकुरबाबा नगरपालिका ३ गोदानाका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

शुक्रबार राति खेतमा पानी हेर्न गएका उनीहरू छिमेकीले थापेको बँदेल मार्न धान खेतमा लगाएको विद्युतीय पासोमा परेका थिए । पासो थाप्ने छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया