शुक्रबार, वैशाख १४, २०८१

शक्तिशाली बन्दै बिट क्वाइन, राष्ट्रिय सुरक्षाका लागि खतरा

रमोन मार्क्स /डेविड हार्विलेज २०७८ असोज २ गते १२:१७

बिट क्वाइनमाथि जाँदै छ । बजारका सट्टे बाजका लागि यो एउटा ग्लामर क्षेत्र भएको छ । वाल स्ट्रिटका पुरातनवादी सोच राख्ने लगानीकर्ताले पनि आफ्नो ग्राहकलाई बिट क्वाइनमा लगानी गर्न सुझाव दिन थालेका छन् । बिट क्वाइन पहिलोपटक सन् २००९ मा सार्वजनिक गरिएको थियो ।

त्यसबखत यसको मूल्य जिरो अमेरिकन डलर बराबरको थियो । सन् २०१० सम्म आइपुग्दा यसको व्यापार एक क्वाइन बराबर १० सेन्ट अमेरिकी डलरमा हुन थाल्यो । एक सय अमेरिकी डलरले एक हजार बिटक्वाइन खरिद गर्न सकिने अवस्था थियो । यदि, कुनै लगानीकर्ताले त्यसबखत सो मात्रामा बिट क्वाइन खरिद गरेको थियो भने त्यसको आजको मूल्य ६२ मिलियन अमेरिकी डलर बराबरको हुन्छ ।

सन्तोषी नाकामोटो जापानका एक प्रतिभाशाली सफ्वेयर इञ्जिनियरले सन् २००८ मा बल्कचेन अल्गोरिदमको माध्यमबाट बिट क्वाइनमा लगानी गरेका थिए । यो विश्वकै पहिलो विकेन्द्रिकृत डिजिटल पैसा थियो । यो कुनै केन्द्र सरकारको नियन्त्रणमा थिएन भने यसमा बिचौलिया कोही थिएनन् । नाकामोटोले बिट क्वाइनको लगानीबाट राम्रो फाइदा लिइरहेका छन् । उनको हालको सम्पत्ति ३० बिलियन अमेरिकी डलरभन्दा बढी छ ।

बिट क्वाइन एक अराजक सपना हो । यो केन्द्रीय सरकार र अख्तियार प्राप्त कुनै निकायको नियन्त्रणभन्दा बाहिरको मुद्रा हो । यो ब्रिटन–उड वैश्विक बैंकिङ पद्दतिभन्दा बाहिरको प्रणाली हो । यो प्राविधिको प्रयोग गर्दै कुनै सामान वा सेवा खरिद गर्न निर्माण गरिएको मुद्रा थियो । हालको दिनमा बिट क्वाइन तीव्र गतिमा अघि बढ्दै छ । जसले चलन चल्तीको पैसाकै काम गर्न थालेको छ । विद्युतीय मुद्राका रुपमा रहेको यसको प्रयोगबाट जुनसुकै स्थानमा जे सुकै समान खरिद गर्न सकिने अवस्था सिर्जना भएको छ । यसको प्रचलन इन्टरनेट मुद्राका रुपमा बढ्दै छ । धेरैले यसलाई सरकार र कुनै पनि निकायको नियन्त्रणविनाको भविष्यको रंगिन आर्थिक प्रणालीको कारक पनि देख्न थालेका छन् ।

अमेरिकाको कार उत्पादक कम्पनी टेस्लाले मार्च २०२१ बाट आफ्नो कम्पनीको कार खरिदमा बिट क्वाइनलाई मान्यता दिने बताएको छ । (टेस्लाको १ दशमलव ५ बिलियन सम्पत्ति छ । कम्पनीले कार बिक्रीभन्दा यसरी प्रति वर्ष बढी आम्दानी गरेको छ ।) स्वीजरल्याण्डको एक परामर्श दाता संस्था बिटहोमले विश्वभरको आफ्नो सम्पत्ति बिक्रीका लागि बिट क्वाइनलाई मान्यता दिने आफ्नो वेभसाइटमा उल्लेख गरेको छ । यस सूचीमा अमेरिकामा रहेको उसको सम्पत्ति पनि सूचीकृत छ ।

भेनेजुयलाको पिज्जा हटमा बिट क्वाइनका माध्यमबाट पिज्जा खरिद गर्न सकिन्छ । यद्यपि, भेनेजुयलामा सन् २०१० मा जो व्यक्तिले दुई वटा पिज्जा खरिद गर्न १० हजार बिट क्वाइन खर्च गर्दथ्यो । त्यो व्यक्तिसँग आज ३ सय मिलियन बराबरको सम्पत्ति छ । आजका दिनमा यदि कसैलाई मोज खरिद गर्नु पर्यो भने पनि उसले बिट क्वाइनका माध्यमबाट खरिद गर्न सक्छ ।

एक सक्षम, वैश्विक मुद्राका रुपमा बिट क्वाइन दिनानुदिन अघि बढ्दै छ । आज मानिसले बिट क्वाइन सहजै खरिद र बिक्री मात्रै गर्न सक्दैनन् बरु बिट क्वाइन जस्तै अन्य पचासौँ क्रिप्टोकरेन्सी खरिद बिक्री गर्न सक्छन् । यी कुनै पनि विद्युतीय मुद्रा सरकारबाट नियन्त्रित छैनन् ।

अनलाइन सपिङ्ग संस्था एमेजोनले आफ्नै छुट्टै विद्युतीय मुद्राको विकास गर्ने जनाएको छ । जसका माध्यमबाट ग्राहकले एमेजोनमा सामान खरिद गर्न सक्छन् । एमेजोनको बजार भाऊ धेरै देशको अर्थतन्त्रभन्दा माथि गइसकेको अवस्थामा उसले यस प्रकारको विद्युतीय मुद्राको विकास गर्न लागेको हो । राज्यको नियन्त्रणभन्दा बाहिर रहेको यस प्रकारका मुद्राले देशको अर्थतन्त्रलाई भविष्यमा कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उब्जिन थालेको छ ।

लेखकहरू

ढिलो चाँढो अमेरिका यसको नियन्त्रणमा आउने नै छ । निजी हिसाबमा उत्पादित क्रिप्टोकरेन्सी र बिट क्वाइनले राष्ट्रिय सुरक्षालाई भने असर पार्ने छ । कुनै पनि मौद्रिक नीतिको प्रमुख उद्देश्य भनेको वितरण प्रणालीलाई नियन्त्रणमा राख्दै बजारलाई स्थायीत्व प्रदान गर्नु हो । यदि, बिट क्वाइन अर्थतन्त्रको प्रमुख साधन बन्दै समान खरिद बिक्री गर्ने मिल्ने माध्यम बन्यो भने अमेरिकी डलरले नराम्रो दिन देख्नु पर्ने हुन्छ । वर्तमान विश्वमा अमेरिकी डलर विश्वकै एक प्रमुख सञ्चित मुद्रा हो । बिट क्वाइन र अन्य क्रिप्टोकरेन्सीले यो अवस्थालाई परिर्वतन गर्न सक्छ ।

अमेरिकाको बढ्दो व्यापार घाटा र खबौँ डलरको खर्चले मानिसले अमेरिकी डलरको सट्टमा बिट क्वाइनमा लगानी गर्न थाल्ने छन् । अमेरिकी डलर होस् अथवा युरो वा चिनियाँ युआनको तुलनमा बिट क्वाइन विश्वकै एक सञ्चित मुुद्राका रुपमा अघि बढ्न सक्छ । इरान, उत्तर कोरिया जस्ता देशले आफूमाथि लागेको नाकाबन्दीको प्रभावलाई कम गर्न बिट क्वाइनको प्रयोग गर्न थालिसकेका छन् ।

बिट क्वाइनलाई चीनले मान्यता दिँदै गर्दा त्यसले अमेरिकी राष्ट्रिय सुरक्षा चुनौतीलाई थप असर पुगेको छ । आज विश्वको करिब ६५ प्रतिशत बिट क्वाइनको वितरण चीनबाट हुन्छ । यो अवस्थाले चिनियाँ कम्युनिस्ट पार्टीलाई अझ सहज अवस्थामा पुर्याएको छ । चीनले अप्रत्यक्ष रुपमा स्थितिलाई आफ्नो नियन्त्रणमा लिन सक्छ ।

बिट क्वाइनलाई आफू अनुकूल प्रयोग गरेर उसले अमेरिकी डलरको विश्व अर्थतन्त्रमा रहेको दबदबालाई कमजोर बनाउने प्रयास गर्न सक्छ । वैश्विक मुद्राका रुपमा डलरलाई विस्थापित गर्नु भनेको अमेरिकाका लागि इस्लामिक स्टेट, तालिवानले दिएको चुनौतीभन्दा बढी हुनेछ । यसका माध्यमबाट चीनले दक्षिण चीन सागरलाई आफ्नो इच्छा अनुकूल प्रयोग गर्न पनि सक्छ ।

सम्भावित राम्रो समाचार भनेको बिट क्वाइनको जोखिमलाई नियन्त्रण गर्न धेरै कानूनको आवश्यकता नहुन सक्छ । संविधानअन्तर्गतको प्रचलित संघीय कानून मात्रैले डलरमाथिको चुनौतीलाई सम्बोधन गर्न सक्छ । संविधानको धारा १ अन्तर्गतको उपधार ८ को दफा ५ ले कुनै पनि निजी व्यक्तिले आफ्नौ तजबिजमा पैसा उत्पादन र नियन्त्रण गर्न नपाउने व्यवस्था गरेको छ ।

डिमित्री शकीपिनको भाषामा बिट क्वाइन भनेको ‘निजी मुद्रा’ हो जसले डलरको अस्तित्वलाई चुनौती दिएको छ । संघीय कानूनअन्तर्गत बिट क्वाइनको प्रयोग डलरसँगको उसको प्रतिस्पर्धालाई अवैधानिक मानिएको छ । द कोइनेज नीति १७९२ ले उत्पादित पैसालाई एकतन्त्रीय हिसाबमा नियन्त्रणमा राख्न वित्तीय मन्त्रालयलाई जिम्मेवारी दिएको छ । १८५७ को कोइनेज नीतिले विदेशी मुद्रालाई अवैधानिक बनाउने विषयमा विशेष कदम चाल्यो ।

अमेरिकाले त्यस बखतसम्म आफूलाई आवश्यक पर्ने मुद्राको विकास गरिसकेको थियो भने आवश्यकता पूर्तिकै लागि विदेशी मुद्रा प्रयोग गर्नु पर्ने अवस्थाको अन्त्य भइसकेको थियो । आज अमेरिकाको वित्तीय विभाग र मुद्रण विभाग अमेरिकालाई आवश्यक पर्ने कागजको र सिक्का पैसा उत्पादनका लागि एक मात्र अधिकार प्राप्त निकायका रुपमा रहेको छ ।

बिट क्वाइन अमेरिकी अर्थतन्त्रमा मात्रै होइन विश्व अर्थतन्त्रमा फैलिनुअघि यसको प्रयोगलाई रोक्नु पर्ने हुन्छ । बिट क्वाइन र अन्य निजी तवरबाट उत्पादित विद्युतीय मुद्राले अमेरिकी डलरलाई चुनौती दिन सक्ने कुरालाई चीनले सम्भवतः बुझेको हुन सक्छ । वेइमर गणराज्य जस्तै धरासायी हुनुअघि अमेरिकाले आफूमाथि आउन सक्ने चुनौतीलाई बुझ्नु पर्छ ।

(रमोन मार्क्स अन्तर्राष्ट्रिय कानूनका अवकास प्राप्त वकिल हुन् । डेविड हार्विलेज क्यालिफ्रोनिया अवस्थित वकिल र व्यवसायी हुन् । द न्याशनल इन्ट्रेटबाट अनुवाद ।)

प्रतिक्रिया