शुक्रबार, वैशाख १४, २०८१

आजको राशिफल : आश्विन १ गते शुक्रबार

ज्यो. दिवाकर पन्त २०७८ असोज १ गते ६:०९

आज २०७८ साल आश्विन महिनाको १ गते शुक्रबार, भाद्र शुक्लपक्षको एकादशी तिथि । आज आश्विन सक्रान्ति रहेको छ । त्यसैगरी आज हरिपरिवर्तिनी एकादशी रहेको छ । साथै आज विश्वकर्मापूजा एवं वास्तु दिवस पनि परेको छ ।

मेष
बोलीको प्रभावमा औसतमा बृद्धि हुने छ । तर बेलाबेला अनावश्यक रुपमा बोलीमा देखिने कडापनले काम बिग्रने हुने भएकाले संयम रहनु होला । मनोबलमा कमि आउँदा दुविधाका क्रम बढ्ने छ । सुख सुविधाका साधनहरु त्याग्नु पर्ने हुन्छ । आम्दानीमा भने सकारात्मक बृद्धि हुने छ ।

वृष
व्यवस्थापकीय क्षमता सवल हुने छ । चलाखीपनमा बृद्धि हुने छ । मनमा दुविधा आउने छ । यो गरौँ कि त्यो गरौँ भन्ने लागि रहने छ । निर्णय क्षमतामा गिरावट आउँदा समयमा निर्णय लिन कठिन हुने छ । तर रिस भने कडा खालको देखा पर्ने भएकाले सतर्क रहनु बुद्धिमानी हुने छ ।

मिथुन
दृढ खालको व्यक्तित्व हुने छ । तर भाग्यको साथ नरहेकाले गर्न खोजेका कामहरुमा अबरोधका श्रृङ्खला धेरै आउने भएकाले निरन्तर अघि बढ्ने बानी नछोड्नु होला । पारीवारिक जीवनमा कलह र द्वन्दका मात्रा बढ्ने छ । पेशागत जीवन औसत रहने छ । मेहनत र पराक्रमी स्वाभावमा बृद्धि हुने छ ।

कर्कट
मनोबलमा भारी गिरावट आउनेछ । दृढताको अभावमा निर्णय नै गर्न नसक्ने खालको दुविधात्मक अवस्थामा पुर्याउने छ । बोलीमा भने नरमपना देखा पर्ने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्न जाने छ । पैतृक सम्पत्ति नोक्सान हुने चुनौति देखिएको छ ।

सिंह
आत्मबलको दृढताले गर्दा कठिनाईसँग जुध्ने र पार पाउने तागत प्राप्त हुने छ । आफ्नो लक्ष्यप्रति प्रतिवद्ध रहने व्यक्तित्व हुने छ । पेशागत जीवनमा उन्नति हुने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुने छ । साझेदारीमा गरिएका काममा भने समस्याहरु देखा पर्ने छन् ।

कन्या
भाग्यको साथ रहेकाले उन्नति प्रगतिका चरण प्राप्त हुने छ । तर दाम्पत्य जीवनमा भने समस्या देखा पर्न जाने भएकाले यसबारेमा सतर्क रहनुहोला । आम्दानीमा अपेक्षा गरेको जस्तो प्रतिफल भने प्राप्त नुहने देखिन्छ । बोलीमा नरमपना आउने तथा व्यक्तित्व पनि नरम र सबैसँग मिल्ने खालेको बन्ने छ ।

तुला
शितल स्वाभावको व्यक्तित्व हुने भएकाले अरुको एक हदसम्म मन जित्न सकिने छ । वाणिज्य, व्यवस्थापन, बोली प्रधान पेशा, शिक्षा क्षेत्र, शिक्षण, अध्यापन आदीमा संलग्नहरुलाई समय प्रतिकुल देखिएको छ । व्यवस्थापकीय क्षमतामा तिब्र गिरावट देखिने छ जसको प्रभाव व्यावसायिक जीवनमा पर्ने छ ।

वृश्चिक
भाग्यको साथ नरहेकाले कमजोर मनोवल भएको व्यक्तित्व बन्ने छ । साझेदारीमा गरिएका काममा नोक्सानी व्योहर्नु पर्ने छ । लद्युताभाषको तिब्रताले सताउने छ । आफूले आफैप्रति विश्वास नलागे जस्तो हुने छ । मनमा दुविधाका मात्रा धेरै आउने छ ।

धनु
छोटो छोटो यात्रामा निस्कनु पर्ने छ । पारीवारिक साथले गर्दा असजिलो परिस्थितिमा संहालिन मद्धत पुग्ने भएकाले परिवारको साथ सहित अघि बढ्नु होला । शरीरिक रुपमा कमजोरीहरु देखा पर्ने छन् । मनले कमाई गर्नु पर्छ भनि अघि बढ्न खोजेता पनि शारीरिक स्वास्थ्य, मनोबलले साथ दिने छैन् । जसले गर्दा आलश्यताले सताउने छ ।

मकर
मनमा दृढता बढ्ने हुँदा कसैले पनि हेप्न सक्ने छैनन् । तर रिसको मात्रा धेरै हुने भएकाले यसबारेमा संयमित बन्नु होला । साझेदारीमा गरिएका कामहरुमा चुनौतिहरु आउने छन् । आम्दानीमा कमि आउने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने हुँदा व्यक्तित्वमा दृढता देखिने छ । व्यक्तित्वमा पनि निखारता आउने छ ।

कुम्भ
बौद्धिकतामा वृद्धि भए तापनि प्रतिष्पर्धात्मक क्षमतामा भने ह्रास देखा पर्ने छ । उद्योग व्यवसायमा संलग्नहरुको हकमा भने श्रम समस्यासँग जुध्नु पर्ने छ । पारीवारिक सदस्यहरुसँग मिलन र मेलमिलाप हुने छ । पेशागत जीवन स्थिर खालको रहने छ । आम्दानीमा थोरै बृद्धि देखा पर्ने छ ।

मीन
आम्दानीमा केही बृद्धि हुने छ तर धन, सम्पत्ति नोक्सानी हुने चुनौति देखिन्छ । असाध्यै धेरै अन्तरमुखी स्वाभावका कारण मनमा कुराहरु गुम्सिने छन् । मनमा निराश भावहरु एकपछि अर्काे गर्दै आउँदा दुविधाका मात्रा बढ्न पुग्ने छ । अध्ययन, अध्यापन जस्ता बौद्धि कार्यमा प्रगति हुने छैन् ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया