बुधबार, वैशाख २६, २०८१

संखुवासभा सामूहिक हत्यामा संलग्न एक पक्राउ, अाइतबार सार्वजनिक गर्ने

मेरोन्यूज २०७८ भदौ २६ गते ११:३८

काठमाडौँ । संखुवासभाको मादी नगरपालिका १ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न अभियुक्त पक्राउ परेका छन् । सिआइबीको टोलीले अनुसन्धानको दायरामा राखेका एक व्यक्तिले अपराध स्वीकारेका हुन् ।

Advertisement

उनलाई भोलि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय स‌खुवासभाका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । हत्यामा संलग्न भएका आरोपी सोही गाउँको मृतकका आफन्त पर्ने व्यक्ति रहेको प्रहरीले जानकारी दिए ।

घटनामा तेजबहादुर कार्की, कमला कार्की, रञ्जना कार्की, पार्वती कार्की, नाति विपिन कार्की र नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

प्रतिक्रिया