आइतबार, वैशाख २३, २०८१

सत्ता कब्जामा तालिवान

तालिवानले कसरी सञ्चालन गर्ला अफगानिस्तान ?

इस्लामिक देशहरूमा लागु भएको शरिया कानुन के हो ?

दया दुदराज २०७८ साउन ३२ गते १६:०१
अगष्ट २००१ मा तालिवान

काठमाडौँ । विद्यार्थी आन्दोलनबाट सुरु भई सत्ता हातमा लिएको कट्टरपन्थी समूह तालिवानले पुनः सत्ता हातमा लिने भएको छ । सन् २००१ मा सत्ताच्युत भएको तालिवान २० वर्षपछि आइतबार (१५ अगष्ट २०२१) अफगानिस्तानको सत्तामा पुग्ने भएको हो ।

Advertisement

संयुक्त राष्ट्र संघ तथा अमेरिकाले आफ्नो सेनाहरू फिर्ता लैजाने निर्णय गरेसँगै क्षेत्रीय राजधानीमा कब्जा जमाउँदै राष्ट्रपति कार्यालय भवनसमेत कब्जामा लिएको छ । तालिवानका सेनाहरू राजधानी काबुलको मुख्या सहरमा प्रवेश गरिरहँदा अफगानी राष्ट्रपति मोहमद असरफ घानीसहित शीर्ष नेताहरूले देश छाडेर गएका थिए ।

अमेरिकी सैनिक अफगानिस्तानमा प्रवेश गरेसँगै सत्ताच्युद भएको तालिवानले २० वर्षपछि विना सर्त अमेरिकालाई पराजीत गरेको हो । योसँगै तालिवान दोस्रोपटक सत्ता सम्हाल्ने भएको हो । झण्डै एक महिनाअगाडि अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्नो सैनिक फिर्ता बोलाउने निर्णय गरेका थिए । राष्ट्रपति बाइडेनले भनेका थिए, ‘अब, तालिवानले अफगानिस्तानको सरकार कब्जा गर्न सक्दैन, मलाई यो विश्वास लाग्दैन, अफगानी सैनिक तालिवानसँग लडाई गर्न सक्षम छ ।’

अमेरिकी राष्ट्रपतिको निर्णयसँगै तालिवान सक्रिय बन्दै आन्दोलनमा होमिएको थियो । यसको एक महिनामा नै तालिवानले सत्तासहित पूरै देश कब्जा गर्न सक्षम भएको हो ।

१६ नोबेम्बर १९९९ मा तालिवानले गरेको कारबाही

तालिवानले पहिलोपटक सेप्टेम्बर १९९५ मा इरानको सीमामा रहेको अफगानिस्तानको हेरात प्रान्त कब्जा गरेको थियो । यसको एक वर्षपछि उनीहरूले देशको राजधानी काबुल कब्जा गरेको थियो । देशमा कब्जा गरेलगत्तै तालिवानले आफ्नो शासन सुरु गर्यो । त्यसबेला उनले इरान र अफगानिस्तानमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाले । चोरी गरेको प्रमाणित भए अंगभंगको दण्ड दिन सुरु भयो ।

त्यसबेला तालिवानको प्रभावित क्षेत्रमा पुरुषले दाह्री पाल्नु पर्ने र महिलाले पूरै शरीर छोपिने गरी बुर्का लगाउनु पर्ने नियम लागू गरेको थियो । टिभी, चलचित्र र संगीतमाथि प्रतिबन्ध लगाइयो । १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान रोक लगाइयो । उनीहरूले शरिया कानुनमार्फत देश चलाउन खोजे ।

दोस्रोपटक तालिवानले सत्ता कब्जा गरेसँगै देशमा शरिया कानुन लागु हुने संकेत गरेको छ । उनीहरूले सत्ता कब्जा गरेसँगै महिलाहरूलाई बुर्का लगाउन र पुरुषलाई दाह्री पाल्न निर्देशन दिइसकेको छ ।

के हो शरिया कानुन ?

सन् २०११मा शरिया कानुन विरुद्ध गरिएको आन्दोलन

शरिया शब्द अरविक भाषा हो । जसको अर्थ, जीवन जिउने तरिका भन्ने हुन्छ । शरिया कानून इस्लाम धर्मालम्बीको कानुनी प्रणाली हो ।

इस्लामिक मुलुकमा प्रयोग हुने यो कानुनले सामाजिक, धार्मिक, राजनैतिक र आर्थिक रुपमा सम्पन्न रहेर जीवनयापन गर्ने तरिकालाई प्राथामिकतामा राखेर विधान तयार पारेको बुझिन्छ । अक्सर राजनीति, अपराध, नारीवाद, आतंकवाद र सभ्यताको विषयमा चर्चा हुने यो शब्द मुस्लिम धर्मालम्बीसँगै गैर मुस्लिमका लागि एक परिचित शब्द हो ।

शरिया कानुन कुरान (मुस्लिम धर्म ग्रन्थ), हदिस (अगमवक्ता मुहम्मदको वचन र आचरण) र फतवाहरू (इस्लामी विद्वानहरूका फैसला)सहित स्रोतहरूको एक संयोजनबाट बनेको कानुन हो ।

शरिया कानुनलाई मुस्लिमहरूले जीवनका लागि एक ‘कोड’को रूपमा प्रयोग गर्दछन् । जसको पालना गर्न प्रार्थना, उपवास र गरिबहरूलाई दान गर्नु पर्ने हुन्छ । भगवानको इच्छाअनुसार आफ्नो जीवनको हरेक पक्षको नेतृत्व गर्नु पर्छ भन्ने उद्देश्य अनुरुप लागु भएको यो कानुनलाई कट्टर कानुनका रुपमा लिने गरेको पाइन्छ ।

शरिया कानूनको आचार संहिता

यो प्राय अंगहरू काट्ने, पत्थर हानेर मृत्यु, कोलाहल र अन्य मध्य युगीन सजायसँग सम्बन्धित छ । यस कारणले गर्दा, यो कहिले काही कठोर कानुनका रुपमा परिचित छ । पश्चिममा केही मानिसहरू शरियालाई पुरातन र अनुचित सामाजिक विचारहरूको रूपमा लिन्छन् ।

धेरै मुसलमानहरूले यसलाई गलत रुपमा लिए पनि इस्लाम परम्परामा यसलाई मानवताका लागि पोषणका रुपमा समेत लिने गरिन्छ । जसले भोका, गरिब र दुःखीको भोको पेट भर्ने काम गर्दछ ।

शरिया कानुनको नीति

शरिया कानुनको इस्लामिक धर्मअनुसार आफ्नो जीवन सञ्चालन वा जीवनयापनका लागि आफ्नो धर्मले निर्देशन गरेको कामअनुसार नै कुन काम गर्ने र कुन काम नगर्ने भन्ने निर्धारण गरेको हुन्छ । जसलाई शरिया कानुनका अनुयायीहरू आफ्नो भगवानप्रति बफादार रहेको अनुभूति गर्छन् । तर, यसलाई आफ्नो धर्मको निर्देशन भनिए पनि यस कानुनका अनुयायीहरू नै यसलाई कट्टरपन्थी कानुनका रुपमा लिने गरेका छन् ।

यसको कारबाही गर्ने नीति र अपराध गर्नेप्रति गरिने व्यवहारलाई निकै निर्दयी व्यवहारमा समेत लिने गरिन्छ । यो कानुनले गरेको कारबाही अमानवीय ढंगको रहेको विश्लेषकहरूले बखानसमेत गरेका छन् ।

शरिया कानुनले अपराधलाई सामान्यतः दुई वर्गमा विभाजित गरेको छ । जसको पहिलो वर्ग हो ‘हड’ अपराध । ‘हड’ अपराधलाई निकै गम्भिर अपराधका रुपमा लिइन्छ ।

यस्तै, चोरीको अपराधीको हात काटेर दण्डनीय हुन सक्छ । व्यभिचारलाई ढुङ्गाले हानेर मृत्युको सजाय हुन सक्ने व्यवस्था रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । केही इस्लामिक संगठनहरूले दण्डको परिणमलाई एउटा बोझको रुपमा संज्ञा दिएका थिए ।

संयुक्त राष्ट्रसंघले दुङ्गाले हानेर मृत्यु दण्ड दिएकोबारे बोलेको थियो । तर, शरिया कानुन व्यवसायीहरूले अपराध न्युनीकरणका लागि नियम लागु गर्ने बताएका थिए ।

सबै मुस्लिम देशहरू हड अपराधका लागि यस्तो सजाय अपनाउने वा लागु गर्दैनन् । यस्तो अपराधहरूका लागि कडा सजायको नीति मुस्लिमहरूको दृष्टिकोणमा फरक-फरक मत छ ।

युरोपका एक प्रमुख मुस्लिम विचारक तारिक रमजानले मुस्लिम संसारमा शारीरिक सजाय, ढुङ्गामुढा र मृत्युदण्डको सजायमा रोक लगाउन आह्वानसमेत गरेका थिए । उनले भनेका छन्, ‘यस्तो दण्ड कानुनी हुनेछ, जुन शर्तका लागि आजको संसारमा पुनः स्थापित गर्न लगभग असम्भव छ ।’

अर्को अपराधको वर्ग हो ‘ताजिर’ अपराध । जहाँ सजाय न्यायाधीशको विवेकमा छोडिन्छ । अपराधको नियत हेरेर न्यायधीशले आफ्नो विवेकको प्रयोग गरी कारबाही गर्न पाउने नियम छ ।

अफगानमा कस्तो नियम लागु होला ?

अफगानिस्तानमा तालिवानले कब्जा गरेलगत्तै यसको शासन विधि कस्तो होला भन्ने ठूलो चासो छ । तालिवानले पहिलोपटक सत्ता कब्जा गरेको समयमा ‘हड’ वर्गको कानुन लागु गरिएको थियो । पुनः सत्तामा आएको तालिवानले पुरानै तवरबाट शासन गर्ने हो या हैन भन्ने प्रश्नले अफगानिस्तानी र जनमानसमा ठूलो दुविधा पैदा भएको छ ।

यसैबिच तालिवानका नेता मोहम्मद नइमले आफूहरु अब हिंसाको बाटो नहिँड्ने बताएका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार अलजजिरालाई दिएको अन्तर्वार्तामा तालिवानका प्रवक्ता मोहम्मद नइमले आफूहरू अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहने र कुनै पनि मुद्दामा छलफल गर्न तयार रहेको बताएका थिए ।

२६ अगष्ट २००१ मा तालिवानले महिलाहरुमाथि गरेको व्यवहार

उनले भनेका छन्, ‘शरिया कानुनअनुसार महिला र अल्पसंख्यकको अधिकार र स्वतन्त्रताका हामी सम्मान गर्छौं ।’

प्रवक्ता मोहम्मद नइनमले आफ्नो संगठन तालिवानले कुनै मामिलामा हस्तक्षेपको नीति नलिने उल्लेख गर्दै अफगानिस्तान मामिलामा पनि कसैलाई हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । उनले अगाडि भनेका छन्, ‘२० वर्षको प्रतिक्षापछि हामी जुन स्थानमा पुग्न चाहन्थ्यौँ, त्यही पुगेका छौँ, हामी देश र जनताको स्वतन्त्रता चाहन्छौँ, हामी न हाम्रो भूमि कसैको प्रयोगशाला हुन दिन्छौँ न कसैलाई हानी गर्न चाहन्छौँ ।’

तालिवानका नेताहरूले यस्तो अभिव्यक्ति दिँदै गर्दा सत्ता कब्जा गर्नु अगावै सार्वजनिक स्थलमा रहेका कलाकारहरूको तस्बिर हटाइएको छ । एजेन्सीको सहयोगमा

दया दुदराज

मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया