शुक्रबार, वैशाख १४, २०८१

एनआरएनए युगान्डाको अध्यक्षमा बिनोद थापा

मेरोन्यूज २०७८ साउन ९ गते ६:५०

काठमाडौं । एनआरएनए युगान्डामा बिनोद थापाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

हिजो भएको एनआरएनए युगान्डाको राष्ट्रिय अधिवेशनबाट सन २०२१–०२३ कार्यकालका लागि थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

वरिष्ठ उपाध्यक्षमा धनराज गिरी, उपाध्यक्षमा रमा अर्याल, महिला उपाध्यक्षमा सीता कुमारी श्रेष्ठ चयन भएका छन् ।

यस्तै महासचिवमा राजु थापा, सचिवमा निकु केसी, कोषाध्यक्षमा मनिषा राना मगर, सहकोषाध्यक्षमा सुनिल तामाङ निर्वाचित भएका छन् ।

युवा संयोजकमा श्रवन झा, महिला संयोजकमा नियोमुबेयी रायसा पान्डे, प्रबक्तामा तेजबहादुर खड्का तथा कार्यकारी सदस्यमा शिवदत्त सुवेदी, श्याम प्रसाद थापा, सोमनाथ लुईटेल (रबि) र डिल्ली भुषाल चयन भएका छन् ।

प्रतिक्रिया