शुक्रबार, वैशाख १४, २०८१

बाँदरे जुलुसले कोरोनाको रोपाइँ गदैछ : सांसद बिडारी

मेरोन्यूज २०७८ साउन ७ गते १४:४८

काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले विपक्षी नेकपा एमालेले कोरोना फैलाउन लागेको आरोप लगाएका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद बिडारीले कहिले रत्नपार्कमा, कहिले माइतीघर, कहिले बालुवाटारदेखि बालकोटसम्म र्‍याली गर्‍या छ, यो र्‍यालीले कोरोनाको रोपाइँ अगाडि बढाउँने टिप्पणी गरेका हुन् । उनले भने ‘अहिले पनि बाँदरे जुलुस, विभिन्न जुलुस गर्दै कोरोनाको रोपाइँ गर्दैछ, उसलाई मज्जा छ । ’
यसले कोरोना फैलाउने टिप्पणी गरेका हुन् । सरकारविरुद्ध केही दिनयता नेकपा एमालेको युवा संगठनले सडक प्रदर्शनलाई तीव्र पारेका छन् ।

प्रतिक्रिया