शुक्रबार, वैशाख १४, २०८१

आईएमएफमा आङ नियुक्त

मेरोन्यूज २०७८ साउन ६ गते ११:५०


काठमाडौं । अन्तराष्ट्रिय वित्त निगम (आईएमएफ) ले दक्षिण एशियाको लागि क्षेत्रीय निर्देशकमा हेक्टर गोमेज आङलाई नियुक्त गरेको छ । क्षेत्रीय निर्देशकका रुपमा कोभिड १९ को प्रभावबाट पुनरुत्थानका लागि यस क्षेत्रमा आईएमएफको लगानी बढाउन भूमिका खेल्ने आईएमएफले जनाएको छ ।
क्षेत्रीय निर्देशकका रुपमा जिम्मेवारी सम्हाल्दै आङले कोभिड १९ को असरबाट दक्षिण एसियालाई उकास्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए ।
मेक्सिकोका नागरिक आङ सन् २००६ मा लगानी अधिकृतका रुपमा आईएफएम प्रवेश गरेका हुन् ।

प्रतिक्रिया