शुक्रबार, वैशाख १४, २०८१

इलामको नेपालटारमा आगलागी, ४४ लाखको क्षति

मेरोन्यूज २०७८ साउन ६ गते ९:५५

मङ्गलबारे । इलाम नगरपालिका–१ नेपालटारमा एक घर जलेर नष्ट हुँदा ४४ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । नेपालटार बजारभन्दा दुई किमी पूवाखोलातर्फको डिपीडाँडामा रहेको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।

विद्युत सर्ट भई मङ्गलबार साँझ आगलागी हुँदा तेजबहादुर गुरुङको घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार घरमा भएका लत्ताकपडा तथा सबै सामान जल्दा ४४ लाख ७४ हजार ४ सय रुपैयाँ बराबरको क्षति भएको हो ।

आगो निभाउन स्थानीयवासीले प्रयास गरे पनि नसकिएपछि घर र घरका सामग्री जलेर नष्ट भएको स्थानीयवासीको भनाइ छ ।

देउमाई र इलाम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासी आगो निभाउन खटिएका थिए ।

प्रतिक्रिया