बुधबार, वैशाख २६, २०८१

नेप्से ९ अंकले ओरालो

मेरोन्यूज २०७८ साउन ५ गते १७:३६


काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको तेस्रो दिन (आज) मंगलबार ९ दशमलब १ अंकले ओरालो लागेको छ ।

Advertisement


मंगलबार नेप्से घटेपनि म्यूचुअल फण्ड ६ दशमलब २९ प्रतिशतले बढ्दा, होटल एण्ड टुरिजम १ दशमलब ६१ प्रतिशतले उकालो लागेको छ । हाइड्रोपावर उपसुचक १ दशमलब २२ र म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ शुन्य दशमलब २२ प्रतिशतले बढेको स्टक एक्सचेञ्जले जनाएको छ । अरु उपसमूह ओरालो लागेको छ ।


स्टक एक्सचेञ्जका अनुसार, कारोबार भएका कूल २ सय १९ कम्पनीको कारोबार हुँदा ९२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।


मंगलबार ८४ हजार ४ सय ६८ कारोबारबाट ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ६९ रुपैयाँमा ३ करोड १६ लाख ८ हजार १ सय ९३ कित्ता सेयर किनबेच भएको छ ।

प्रतिक्रिया