बुधबार, वैशाख २६, २०८१

विश्वकप विजेता क्रिकेटर यशपालको मृत्यु

मेरोन्यूज २०७८ असार २९ गते २१:५३

काठमाडौं । भारतीय पूर्वब्याट्सम्यान यशपाल शर्माको ६६ वर्षको उमेरमा मृत्यु भएको छ । भारतलाई पहिलो विश्वकप जिताउँदाका सदस्य तथा मध्यक्रमका ब्याट्सम्यान यशपालको मंगलबार हृदयाघातको कारण मृत्यु भएको द इकोनोमिक टाइम्सले जनाएको छ ।

Advertisement

सन् १९८३ मा भारतले वेस्ट इन्डिजलाई फाइनलमा ४३ रनले हराउँदै पहिलो पटक विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । सेमीफाइनलमा इङ्ल्यान्डलाई ६ विकेटले हराउँदै फाइनलमा पुर्याउन उनले ६१ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । उनले ७९ कुल अन्तर्राष्ट्रिय खेलमा २ हजार ४ सय ८९ रन बनाएका छन् ।

यशपालको जन्म १९५४ मा पन्जाबको लुधियानामा भएको थियो । उनले भारतबाट ३७ टेस्ट र ४२ ओडिआई खेल खेलेका थिए । टेस्टमा उनले सन् १९७९ अगष्टमा इङ्ल्यान्डविरुद्ध लर्ड्समा डेब्यू गरेका थिए । ओडिआईमा उनले १९७८ मा पाकिस्तानविरुद्ध डेब्यू गरेका थिए ।

उनले मुम्बई इन्डियन्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेका थिए ।

प्रतिक्रिया