शनिबार, वैशाख १५, २०८१

१५ वटा कम्पनी कालोसूचीमा, ४ वटाले दुई वर्ष र ११ वटाले एक वर्ष भाग लिन नपाउने

मेरोन्यूज २०७८ असार २२ गते १०:४०

काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । सो कार्यालयले चार वटा कम्पनीलाई दुई वर्ष र ११ वटा कम्पनीलाई एक वर्षसम्म कालोसूचीमा राखेको हो ।

पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार, डी एम एस बुट इन्डष्ट्रिज प्रालि बुढानिलकण्ठ र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म कालोसूचीमा राखिएको खरिद अनुगमनको कार्यालयको सूचनामा उल्लेख छ ।

कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभरसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । सोही प्रयोजनका लागि सबैलाई जानकारी गराउन सूचना जारी गरेको कार्यालयले जनाएको छ ।

कालोसूचीमा परेका कम्पनीको नामावली

प्रतिक्रिया