बुधबार, वैशाख २६, २०८१

वाग्मती प्रदेशसभाको बैठक बस्दै

मेरोन्यूज २०७८ असार २१ गते ९:३४

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक (आज) सोमबार बस्दै छ । आइतबार अपराह्न तीन बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै सारिएको बैठक आज १ बजे बस्न लागेको हो ।

Advertisement

सभामुख सानु कुमार श्रेष्ठले आह्वान गरेको बैठकमा असार २१ गते दिउँसो १ बजे बस्ने बैठकमा विनियोजित बजेट शीर्षकमा छलफल पुनः सञ्चालन गर्ने सहमति भएको नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बताए । विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

प्रतिक्रिया