सोमबार, वैशाख २४, २०८१

आजको राशिफल : आषाढ २१ गते आइतबार

मेरोन्यूज २०७८ असार २१ गते ६:२१


काठमाडौं । आज २०७८ साल आषाढ महिनाको २१ गते सोमबार, आषाढ कृष्णपक्षको एकादशी तिथि । आज योगिनी एकादशी रहेको छ । अब लागौं आजको राशिफलतर्फ ।

Advertisement

मेष
मिलनसार स्वाभावले गर्दा सबैसँग मिल्ने बानी देखा पर्ने छ । सितल स्वाभाव सहितको नरमखाले व्यक्तित्व देखा पर्ने छ । पेशागत जीवन स्थिर बन्ने छ । सार्वजनिक सवारीसाध, भाडाका सवारी साधन, निर्माण व्यावसाय, फलामजन्य कार्य, ग्रिल उद्योग, हार्डवेयर, निर्माण जगत आदीमा संलग्नहरुलाई समय अनुकुल रहने छ ।

वृष
चलाख प्रकृतिको व्यक्तित्व हुने छ । पेशागत क्षेत्र सकारात्मक दिशामा अघि बढ्ने छ । आम्दानीमा पनि केही बृद्धि नै हुन जाने छ । मनमा दुविधा धेरै आउन जाँदा उदासिनताले सताउने छ । शिक्षा क्षेत्र, अध्यापन, शिक्षण, स्टेसनरी, निर्माण क्षेत्र, हार्डवेयर, रङ्ग, ठेक्कापट्टा, सार्वजनिक यातायात आदी जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।

मिथुन
पारीवारिक सदस्यहरुले दरिलो साथका कारण आफ्नो लक्ष्य प्राप्तिको मार्ग र आम्दानी बढाउनका लागि भुमिका खेल्ने छ । भाग्यको अभिबृद्धि हुने छ । शिक्षण, स्टेसनरी, धार्मिक वस्तुको कारोवार, फेसनेवल सामानको कारोवार, आयात निर्यात आदीमा संलग्नहरुलाई फाइदा मिल्ने छ ।

कर्कट
धैर्यता साथ कदम चाल्नु पर्ने समय रहेको छ । शारीरिक रुपमा रोग व्याधी तथा कमजोरीले च्याप्ने छ । मनोबलमा गिरावट आउँदा आत्मविश्वासको कमि हुन जाने छ । कर्मप्रति समर्पित हुँदा हुँदै पनि पेशागत जीवनमा अवरोध तथा समस्याहरु आउने भएकाले सतर्क रहनु होला ।

सिंह
शारीरिक कमजोरी र मनोबलको कमि रहने हुँदा उत्साहको कमि हुने छ । पेशागत जीवन सकारात्मक रहने छ भने प्रतिष्पर्धात्मक क्षमता बलियो बन्ने छ । आफ्नो लक्ष्यप्रति निरन्तर लागि पर्ने स्वाभाव बन्ने छ । बैंकिङ्ग क्षेत्र, वाणिज्य, आयात निर्यात, किराना पसल, सार्वजनिक यातायात आदीमा संलग्नहरुलाई सकारात्मक देखिन्छ ।

कन्या
औसत समय चलि रहेको छ । पेशागत जीवन औसत रहने छ । साझेदारीमा गरिएका कामहरुमा पनि बिबाद आउने छ । चिसो र पानीजन्य विषयमा सतर्क रहनु पर्ने देखिन्छ । वाणिज्य, छालाजन्य कारोवार, मार्केटिङ्ग, स्टेसनरी जस्ता क्षेत्रमा आवद्धहरुलाई केही अनुकुल बन्न जाने छ ।

तुला
पारिवारका सदस्यहरु बीच बिबाद देखा पर्ने छ । पेशागत जीवनमा धैर्यतापूर्वक कदम चाल्नु पर्ने देखिन्छ । आँकलन नगरिएका समस्याहरु देखा पर्ने छन् । सौन्दर्यका सामान, फेसनका सामान, औषधि, कपडा, श्रृङ्गारका सामान, भाडाका गाडि, सार्वजनिक सवारीसाधन आदीमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।

वृश्चिक
संयमित रहनु पर्ने समय रहेको छ । दुविधाहरुले सताउने छन् । आत्माबलमा कमि आउने छ । भाग्यहिन जस्तो पनि लाग्ने छ । निर्णय क्षमतामा गिरावट आउने छ । पेशागत जीवनमा जे जस्तो स्थानमा कार्यरत रहेको अवस्था छ, त्यसमा निरन्तन्तरता दिनेमा केन्द्रीत रहने प्रयास गर्नु होला ।

धनु
पारिवारीक सदस्यहरु बीच मिलन हुने छ । तर पैतृक सम्पत्तिको परिचालनका विषयमा परिवारका सदस्यहरु बीच केही मतान्तर देखिने छ । धेरै जोखिमपूर्ण निर्णयहरु लिन अनुकुल हुने छैन् । यात्रा गर्नु पर्ने देखिन्छ । पेशागत जीवनमा प्रतिष्पर्धामा उत्रनु पर्ने देखिन्छ । साझेदारीमा गरिएका कामहरु भने सकारात्मक रहने छ ।

मकर
पेशागत जीवन औसत रहने छ । आफ्नो लक्ष्य प्राप्तिमा जसरी पनि अघि बढ्नु पर्दछ भन्ने जाँगर रहने छ । रिस नियन्त्रण गर्ने बारेमा ध्यान दिनु पर्ने छ । जीवनसाथिको सल्लाह बमोजित काम गरेमा उक्त कामबाट फाइदा मिल्ने छ ।

कुम्भ
पेशागत जीवनमा नसोचिएका समस्याहरु र द्वन्दको सामना गर्नु पर्ने छ । बादबिबादमा जाने भन्दा मत्थर बनाउन खोज्नु फाइदादायक रहने छ । पाउनु पर्ने तर विभिन्न कारणबाट रोकिएका आम्दानीहरु प्राप्त हुने हुँदा केही राहत मिल्न जाने छ । यात्रामा निस्कनु पर्ने छ ।

मीन
बाठो व्यक्तित्व बन्ने छ । बोलीको प्रभाव बढ्ने छ । आम्दानीमा पनि बृद्धि हुन जाने छ । पेशागत जीवनको क्षेत्रमा भने धैर्य भई पाइला चाल्नु होला । पेशागत र व्यावसायिक विषयमा धेरै जोखिम नलिई औसत कार्यलाई निरन्तर अघि बढाउनमा बढि ध्यान दिँदा उपयुक्त हुने छ ।

प्रतिक्रिया