सोमबार, वैशाख २४, २०८१

नेपालमा ४० प्रतिशत क्षयरोग बिरामीमा कोरोना पुष्टि

मेरोन्यूज २०७८ असार २० गते १७:१०


काठमाडौं । नेपालमा ४० प्रतिशत क्षयरोग बिरामीमा कोरोना संक्रमण पुष्टि भएको एक अध्ययनले देखाएको छ । छातीरोग विशेषज्ञ डा. नबिनप्रकाश साहले हालसालै क्षयरोग केन्द्रले गरेको अध्ययन नेपालमा ४० प्रतिशत क्षयरोग बिरामीमा कोरोना संक्रमण पुष्टि भएको देखिएको बताए ।

Advertisement

डा. साहले क्षयरोग र कोभिडको लक्षण करिब उस्तै हुने भन्दै कोरोनासँगै क्षयरोगको समेत परीक्षण गर्न आग्रह गरे । उनका अनुसार नेपालमा हरेक वर्ष करिब ६९ हजार नयाँ क्षयरोगका विरामी थपिने देखिएको उनले जानकारी दिए ।

‘क्षयरोग र कोभिड–१९ दुबै स्वासश्वासमा समस्या ल्याउने रोग हुन्’, उनले भने ‘दुबै रोगका लक्षणहरू पनि मिल्दाजुल्दा हुन्छन् । कसैलाई ज्वरो आउने, थकाई लाग्ने, छाती दुख्ने लगायतका लक्षण देखिएमा कोभिडका साथसाथै टिबीसम्बन्धी खकार जाँच गराउनुहुन अनुरोध छ ।’

क्षयरोग भएका रोगीमा कोरोना संक्रमण भए चाँडै निमोनिया हुने तथा स्वाप्रश्वासमा गम्भीर समस्या ल्याउने उनले बताए । कोरोना संक्रमण भए चाँडै निमोनिया हुने तथा स्वाप्रश्वासमा गम्भीर समस्या ल्याउने हुदाँ समयमै सहजगता अपनाउँन उनले आग्रह गरे ।

प्रतिक्रिया