आइतबार, जेठ ६, २०८१

काठमाडौं महानगरले रोकिएको खोप कार्यक्रम भोलीदेखि सञ्चालन गर्ने (यस्तो छ तालिका)

मेरोन्यूज २०७८ जेठ ३० गते १४:५७

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोनाविरुद्धको खोप कार्यक्रम सोमबार भोलि(देखि) पुन खोप अभियान सञ्चालन गदैछ । काठमाडौं महानगर जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले भोलि सोमबार र मंगलबार ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिलाई भेरोसेल खोपको पहिलो डोज लगाइने जानकारी दिए ।

Advertisement

गतजेठ २८ गते सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसक्दा खोप लगाउने कार्यक्रम स्थगित गरिएको थियो । त्यसअघि काठमाडौं महानगरका ३२ वटै वडा कार्यालयमा खोप कार्यक्रम गरिएको थियो । यसअघि खोप नपुगेर छुटेका ६० र ६१ वर्ष उमेर समूहलाई अस्पतालमा खोप लगाउने गरी खोप केन्द्र तोकिएको छ ।

काठमाडौं महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि सञ्चालन हुने

खाेप सकिएपछि काठमाडाैंमा खाेप कार्यक्रम स्थगित

खोप तालिकाबमोजिम वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनी, बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल) मा खोप लगाउने कार्यक्रम महानगरको स्वास्थ्य विभागले जनाएको छ ।

प्रतिक्रिया