आइतबार, जेठ ६, २०८१

काठमाडौं महानगरमा रोकिएको खोप कार्यक्रम भोलिदेखि सञ्चालन हुने

मेरोन्यूज २०७८ जेठ ३० गते १३:३०

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोनाविरुद्धको खोप कार्यक्रम पुनः भोलि (सोमबार) देखि सञ्चालन गर्ने भएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेलको पहिलो डोज खोप लगाइने भएको हो ।

Advertisement

महानगरमा यसअघि काठमाडौंका सबै वडा कार्यालयमा खोप कार्यक्रम सञ्चालन गरेको थियो । तर जेष्ठ २८ गतेदेखि सरकारले पर्याप्त खोप उपलब्ध गराउन नसकेको भन्दै खोप लगाउने कार्यक्रम रोकिएको थियो । महानगरका कोभिड फोकस पर्सन ज्ञानबहादुर ओलीले भोलीदेखि अब छुटेका ६० र ६१ वर्ष उमेर समूहलाई वडा कार्यालयका खोप केन्द्रमा नभई अस्पतालहरुमा खोप लगाइने तालिका रहेको जानकारी दिए ।

खाेप सकिएपछि काठमाडाैंमा खाेप कार्यक्रम स्थगित

‘‘वीर अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाउने कार्यक्रम राखेका छौँ उनले भने ,उक्त खोप अभियान १० देखि ११ हजार मानिसलाई खोप लगाउन सकिनेछ,”
खोप लगाउने मितिबारे सूचना निकाल्ने उनले जानकारी दिए । यसअघि, पाँच दिनसम्मका लागि तोकिएको खोप कार्यक्रम तीन दिनमा नै स्थगित गरिएको थियो ।

प्रतिक्रिया