आइतबार, जेठ ६, २०८१

खाेप सकिएपछि काठमाडाैंमा खाेप कार्यक्रम स्थगित

मेरोन्यूज २०७८ जेठ २७ गते २१:३७

काठमाडाैं । सरकारले खोप दिन नसकेपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको छ । कार्यतालिकाभन्दा दुईदिनअघि नै खोप कार्यक्रम स्थगित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

Advertisement

काठमाडौं महानगरपालिकाले जेठ २५ गतेदेखि ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई चिनियाँ खोप (भेरोसेल) दिने अभियान सञ्चालन गरेको थियो । पर्याप्त खोप उपलब्ध हुन नसकेपछि महानगरले अर्को सूचना जारी नभएसम्मका लागि अभियान स्थगन गर्नुपरेको बताएकाे छ ।

प्रतिक्रिया