बुधबार, वैशाख २६, २०८१

निषेधाज्ञाले रोकिएन निर्माणका काम (तस्वीरहरू)

जुली गिरी २०७८ जेठ २६ गते १६:५५

काठमाडाैँ । कोरोना भाइरस (काेभिड-१९)को दोस्रो लहरका कारण देशका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा जारी रहेको छ । कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै सरकारले जारी गरेको निषेधाज्ञामा निर्माण कार्य भने जारी रहेको छ ।

Advertisement
जमलमा सडक कालो पत्रे गर्दै कामदाहरू

सरकारले गत वैशाख १६ गतेदेखि उपत्यकाकाे तीन जिल्लामा निषेधाज्ञा लागु गर्न अनुमति दिएको थियो । यससँगै जारी भएको निषेधाज्ञा देशका ७५ जिल्लामा जारी रहेको छ । सरकारले ग्रामीण क्षेत्रमा २ सय सक्रिय संक्रमित र शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित भए निषेधाज्ञा लागु गर्न स्थानीय तह तथा प्रशासनलाई अधिकार दिएको थियो ।

जमलमा सडक कालो पत्रे गर्दै कामदाहरू
नयाँ बानेश्वरमा आकासे पुल बनाउँदै कामदारहरू
नयाँ बानेश्वरमा आकासे पुल राख्दै क्रेन
नयाँ बानेश्वरमा आकासे पुलको मूल भाग राखिसकेपछि
डल्लु जाने बाटोमा आर्क ब्रिज (पुल) बनाउँदै कामदारहरू
तिनकुनेमा सडक पेटी बनाउँदै
सडक पेटी बनाउन इँट्टा बोक्दै
काेटेश्वरस्थित रिङरोडमा सडक नाला सफा गर्दै
जमलमा सडक पेटी बनाउँदै महिला
साेह्रखुट्टे सडक खण्डमा खाल्डाे पुर्न सफा गर्दै कामदार
ठमेलमा सडक लेन बनाउन सफा गर्दै कामदार
ठमेलमा सडक लेन बनाउँदै कामदारहरू
बसन्तपुरमा मन्दिर बनाउँदै महिला
बसन्तपुरमा मन्दिर बनाउँदै महिला कामदारहरू

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया