मंगलबार, वैशाख २५, २०८१

अमेरिकामा कोरोनाको खोप लगाउँदा गाँजा उपहार

मेरोन्यूज २०७८ जेठ २६ गते ११:१८

काठमाडौँ । अमेरिकाको वासिङ्टन राज्यले कोरोना भाइरस (कोभिड–१९)विरूद्धको खोप लगाउने २१ वर्षमाथिका आफ्ना नागरिकलाई गाँजा उपहार दिने कार्यक्रम ल्याएको छ । सो राज्यले खोप लगाएसँगै तत्कालै एक खिल्ली गाँजा उपहार दिने कार्यक्रम ल्याएको हो ।

Advertisement

गत सोमबारदेखि लागु भएको उक्त कार्यक्रमलाई ‘जोइन्ट्स फर ज्याब्स’ नाम राखिएको छ । यस कार्यक्रमबाट युवाहरूले खोप लगाउन आशा राखिएको छ । खोप लगाउँदा गाँजा खान पाइने कार्यक्रम जुलाई १२ सम्म लागु हुनेछ ।

वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् । यस्तै, पूर्ण खोप लगाउनेहरू ४९ प्रतिशत मात्रै रहेका छन् ।

यसबाहेक खोप लगाउनेलाई विभिन्न उपहार योजना अरू राज्यले पनि ल्याएका थिए । एरिजोनामा पनि कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम सुरू गरिएको थियो ।

यस्तै सित्तैमा बियर दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् । केहीले लाखौँ डलरको चिठ्ठा राखेका छन् । एजेन्सी

प्रतिक्रिया