मंगलबार, वैशाख २५, २०८१

भारतमा कोरोना संक्रमण घट्दै, दोस्रो लहरमा पहिलो पटक १ लाखभन्दा कममा संक्रमण

मेरोन्यूज २०७८ जेठ २६ गते ७:५६


नयाँदिल्ली । भारतमा कोरोना संक्रमणको दोस्रो लहर आएपछि पहिलोपटक १ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) को तथ्याकं अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा २ हजार १२३ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा क्रमशः संक्रमण कम हुँदै गएको छ ।

Advertisement

भारत मे ७ मा भारतमा ४ लाख १४ हजार १८८ जना कोरोना संक्रमित भएका थिए । जुन अहिलेसम्मकै उच्च संक्रमित रहेका थिए । भारतमा हालसम्म २ करोड ८९ लाख ९६ हजार ४७३ जनामा कोरोना संक्रमण भइसकेको छ । ३ लाख ५१ हजार ३०९ संक्रमितको मृत्यु भइसकेको डब्यूएचओको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया