बुधबार, वैशाख २६, २०८१

के हो पोष्ट कोभिड समस्या ? कस्ता लक्षणदेखि अस्पताल जाने ?

मेरोन्यूज २०७८ जेठ २६ गते ७:०८


काठमाडौं । कोरोना संक्रमण भएर निको भइसकेपछि पनि स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना निको भइसकेपछि पनि सास फेर्न धेरै गाह्रो हुने, धेरै नै थकाई लाग्ने र धेरै कमजोरी महसुस हुने, निद्रा नलाग्ने, झर्को लाग्नेजस्ता डिप्रेसनका लक्षणहरु देखा पर्न सक्छ ।

Advertisement

एकाएक रक्तचाप बढ़ने वा घट्ने, थोरै समय हिँड्दा पनि स्वाँ–स्वाँ हुने, कालो ढुुसीका लक्षणहरु देखिएमा चिकित्सकको सल्लाह लिएर मन्त्रालयको अस्पताल जान आग्रह गरेको छ । “यी पोष्ट कोभिड समस्याहरु देखा परेमा चिकित्सकसँग सल्लाह गरेर अस्पताल जानुपर्ने हुनसक्छ,” मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया