मंगलबार, वैशाख २५, २०८१

काठमाडौँ उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने तयारी

मेरोन्यूज २०७८ जेठ १८ गते १८:०७

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्यिने भएको छ । मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ)को बैठकले जारी निषेधाज्ञाका कारण कोरोना संक्रमण दर कम हुँदै गएको निष्कर्ष निकाल्दै थप १० दिने निषेधाज्ञा लम्ब्याउनेबारे छलफल भएको हो ।

Advertisement

जिल्ला प्रशासनले थप गरिएको निषेधाज्ञामा खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसलका साथै बैंक तथा वित्तीय संस्था पूर्ण रूपले खुल्ने गरी सहमति भएको तर, भोलि बिहान सार्वजनिक गर्ने एक सिडिओले जानकारी दिए ।

यस्तै, प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको हो ।

गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा भएको थियो । पछिल्लो बैठकले आगामी दिनमा निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको हो ।

यसअघि उपत्यकामा थपिएको एक साताको निषेधाज्ञामा खाद्यान्नको पसलहरूसमेत बन्द गर्ने निर्णय भएको थियो । उक्त समयावधि जेठ २० गते मध्य राति सकिँदैछ ।

यो पनि पढ्नुहोस्

उपत्यकामा खाद्य पसल खुल्ने

प्रतिक्रिया