बुधबार, वैशाख १२, २०८१

उपत्यकामा खाद्य पसल खुल्ने

मेरोन्यूज २०७८ जेठ १८ गते १५:०३

काठमाडौँ । सरकारले केही प्रावधान खुकुलो बनाएर जारी निषेधाज्ञा एक साता थप गर्ने तयारी गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार एक सातादेखि बन्द खाद्य तथा किराना पसलहरुलाई फेरी बिहान खोल्न दिने तयारी भएको छ ।

कम्तिमा ५ वटा सेक्टरलाई शर्तसहित चल्न दिनेबारे छलफल भइरहेको उनले बताए । बुधबारदेखि खाद्य–किराना पसल र खाद्यका मात्रै सामाग्री बेच्नेगरी पसलहरुलाई बिहान एक समय खोल्न दिने निर्णय हुने पराजुलीले जानकारी दिए ।

उनका अनुसार निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन र भन्सार विन्दुबाट छुटेका सवारीलाई सशर्त चल्न दिइनेछ ।

पराजुलीका अनुसार सार्वजनिक निर्माण सामाग्री ढुवानी गर्ने सवारीलाई रातीदेखि बिहान ५ बजेसम्म र सीमा भन्सारबाट छुटेका सवारीलाई निर्वाध चल्न समेत दिइने छ ।

जेठ १४ गतेदेखि लगाइएको एक साताको कडा निषेधाज्ञा २० गते राती सकिँदैछ । कोरोनाको दोस्रो लहर देखिएपछि सरकारले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको हो ।

यो पनि पढ्नुहोस्

भारतबाट तरकारी आयात ठप्प, नेपाली उत्पादनको मूल्य न्यून

प्रतिक्रिया