शनिबार, वैशाख २२, २०८१

प्रधानमन्त्रीको गृह जिल्लालाई सवा ७ अर्ब विनियोजन, शीर्ष नेताको गृह जिल्लामा कति विनियोजित ?

मेरोन्यूज २०७८ जेठ १६ गते १५:३४

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७८–७९ का लागि सरकारले जेठ १५ गते शनिबार बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्षका लागि कूल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन गरी प्रस्तुत गरेका हुन् ।

Advertisement

बजेट विनियोजनमा केन्द्र सरकारले हरेक जिल्लालाई आर्थिक सहयोग गर्ने भएको छ । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका लागि ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ छुट्याइएको छ । केन्द्र सरकारले स्थानीय तहलाई पठाउने विभिन्न प्रकारका अनुदानमध्ये प्रधानमन्त्री ओलीको गृह जिल्लालाई उक्त रकम पठाउने भएको हो ।

यस्तै, प्रमुख विपक्षी दल नेपाली कांग्रेसको गृह जिल्ला डडेलधुरामा २ अर्ब ४० करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो तुलनात्मक अन्य जिल्लाको भन्दा कम हो ।

तथ्यांकअनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला चितवनमा लागि ४ अर्ब ३० करोड ७ लाख, नेकपा एमालेबाट निष्कासनमा परेका नेता माधव नेपालको गृह जिल्लाका लागि ६ अर्ब १ करोड २५ लाख, अर्थमन्त्री विष्णु पौडेललको गृह जिल्ला रुपन्देहीका लागि ६ अर्ब ८२ करोड ९० लाख रुपैयाँ विनियोजन भएको छ ।

यसैगरी, नेकपा एमालेबाट नै निष्कासनमा परेका नेता झलनाथ खनालको गृह जिल्ला इलामका लागि ३ अर्ब ९५ करोड ३४ लाख रुपैयाँ विनियोजन भएको छ ।

कुन स्थानिय तहमा कति हेर्नुहोस्:-

प्रतिक्रिया