शुक्रबार, वैशाख २१, २०८१

प्रदेश १ लाई केन्द्र सरकारको सबैभन्दा बढी अनुदान, कुन प्रदेशले कति पाए ?

मेरोन्यूज २०७८ जेठ १६ गते १३:५८

काठमाडौँ । आर्थिक वर्ष २०७८–७९ केन्द्र सरकारले प्रदेश सरकारहरूमध्ये सबैभन्दा बढी प्रदेश १ सरकारलाई बजेट बिनियोजन गरेको छ । संघीय सरकारले प्रदेश सरकारलाई पठाउने विभिन्न प्रकारका अनुदानमध्ये प्रदेश १ ले बढी रकम पाउने भएको हो । यो प्रदेश प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला भएको प्रदेशसमेत हो ।

Advertisement

आगामी आर्थिक वर्षको बजेटबाट सरकारले कुल १ खर्ब ३ अर्ब ७० करोड २५ लाख रुपैयाँ प्रदेश सरकारलाई हस्तान्तरण गर्दै छ । यसरी हस्तान्तरण हुने रकमध्ये ७४ अर्ब २२ करोड रुपैयाँ चालु प्रयोजनमा खर्च हुनेछ भने पुँजीगतमा २९ अर्ब ४८ करोड रुपैयाँ छ ।

तथ्यांकअनुसार प्रदेश १ ले १६ अर्ब २९ करोड ३६ लाख रुपैयाँ पाउनेछ । यस्तै, दोस्रो धेरै रकम पाउनेमा लुम्बिनी प्रदेश छ । यस प्रदेशलाई १५ अर्ब ६१ करोड २५ लाख रुपैयाँ पाउनेछ ।

कर्णाली प्रदेशले १५ अर्ब ५५ करोड ६३ लाख, सुदूरपश्चिम प्रदेशले १४ अर्ब ५८ करोड, प्रदेश २ लाई १३ अर्ब ९० करोड र वागमती प्रदेशलाई १३ अर्ब ९० करोड रुपैयाँ प्राप्त हुनेछ ।

कुन प्रदेशले कति पाए ?

प्रतिक्रिया