बुधबार, वैशाख २६, २०८१

सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल

मेरोन्यूज २०७८ जेठ १३ गते १९:२९

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरुसँग आज सामूहिक छलफल गरेका छन् ।

Advertisement

बालुवाटारमा आज भएको भेटमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको उपस्थिति थियो ।

विपक्षी गठबन्धनको सम्भावित आन्दोलन, घोषित निर्वाचनको सुरक्षा तयारी र कोरोना नियन्त्रणको क्रममा अपनाइएको निषेधाज्ञाका विषयमा छलफल केन्द्रित रहेको सुरक्षा स्रोतले मेरोन्यूजलाई जानकारी दियो ।

प्रतिक्रिया