शनिबार, वैशाख २९, २०८१

एमालेले विपक्षी गठबन्धनमा लागेका थप १२ निवर्तमान सांसदसँग स्पष्टीकरण माग्याे

मेरोन्यूज २०७८ जेठ १० गते १९:१७

काठमाडाैं । नेकपा (एमाले)ले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने थप १२ निवर्तमान सांसदसँग स्पष्टीकरण माग गरेकाे छ । साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय १२ निवर्तमान सांसदसँग स्पष्टीकरण माग गरेकाे हाे ।

Advertisement

विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र नारायण खतिवडालाई २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकाे छ ।

एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित विघटित संसदका ११ जना सांसद्लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ ।

पार्टीबाट निष्कासित हुनेमा उपाध्यक्ष भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी, कल्याणी खड्का रहेका छन् । खनाल, नेपाल र रावलबाहेक अन्य विघटित प्रतिनिधिसभाका समानुपातिकतर्फका सांसद हुन् ।

शनिबार बसेकाे स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाल, खनाल, रावललगायत ११ जनालाई स्पष्टीकरण साेध्ने निर्णय गरेकाे थियाे । पार्टी संस्थापन पक्षले साेधेकाे स्पष्टीकरण उनीहरूले बहिस्कार गरेका थिए । उनीहरूलाई साेमबारसम्म स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकाे थियाे ।

प्रतिक्रिया