शनिबार, वैशाख २९, २०८१

विपक्ष गठबन्धन आज सर्वोच्च अदालत जाँदै

मेरोन्यूज २०७८ जेठ १० गते १२:०९

काठामडौँ । गत शनिबार पुनः प्रतिनिधिसभा विघटन भएसँगै विपक्षी गठबन्धन दलहरू सर्वाेच्च अदालत जाने भएका छन् । विपक्षी गठबन्धनका पार्टीहरू नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एमालेका माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)का बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदहरूको हस्ताक्षर लिएर सर्वोच्च अदालत जाने तयारी भएकाे हो ।

Advertisement

कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधिसभाको पुर्नःस्थापनाको माग गरी गठबन्धन दलहरू अदालतमा रिट दायर गर्ने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्ने गरेको आह्वानमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धका तर्फबाट कांग्रेस देउवाले दाबी पेश गरेका थिए । तर, राष्ट्रपति भण्डारीले संविधानको धारा ८९ को ङ लगायत विभिन्न कारणले दुवै नेताहरूलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न नसकिने जानकारी गराएकी थिइन् ।

राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गर्न नसकेकाे जानकारी दिएसँगै प्रधानमन्त्रीले रातारात मन्त्रिपरिषदकाे बैठक बाेलाएर प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेका थिए । साेही आधारमा राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रतिनिधिसभाको विघटन गरेकी थिइन् । विपक्ष गठबन्धनले यसको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया