शुक्रबार, वैशाख १४, २०८१

विष्णु रिजालको प्रश्न- दुई एमाले विगतमा चलेनन्, फेरि चल्लान् र ?

मेरोन्यूज २०७८ जेठ ९ गते १०:४०

काठमाडौं । नेकपा (एमाले) विभाजनको दिशातिर अग्रसर भएका बेला पार्टी विदेश विभाग उपप्रमुख विष्णु रिजालले विभक्त दल चल्न नसक्ने बताएका छन् । उनले ट्विटरमा उनले आफ्नो धारणा राखेका हुन् ।

“एमाले संकटको डिलमा पुगेको छ । अरू त हुँदै गर्ला, एउटा कुरा पक्का छ– फुटेर बनेको पार्टी नेपालमा चलेको इतिहास छैन । नबिर्सौँ– विगतमा दुई कांग्रेस चलेनन्, दुई एमाले चलेनन्, दुई माओवादी चलेनन्, दुई राप्रपा चलेनन्, दुई मधेसी दल चलेनन्, दुई विवेकशील चलेनन् । फेरि दुई एमाले चल्लान् र ?” उनले ट्विटरमा लेखेका छन् ।

प्रतिक्रिया