बुधबार, वैशाख २६, २०८१

भारतमा कोरोना निको हुने दर बढ्यो

मेरोन्यूज २०७८ जेठ ६ गते १५:५४

नयाँदिल्ली । भारतमा गएको २४ घण्टामा २ लाख ७६ हजार ११० नयाँ कोरोना संक्रमित थपिएका छन्। कोरोनाको प्रभाव घट्दै गएको भारतमा संक्रमित हुनेभन्दा निको हुने दर बढी देखिन्छ । सोही अवधिमा त्यहाँ ३ लाख ६९ हजार ७७ कोरोनामुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारतमा कोरोनाबाट हुने मृतकको दर पनि घटेको छ। लगातार ४ हजारभन्दा बढीको मृत्यु हुँदै गरेको भारतमा गएको २४ घण्टामा ३ हजार ८७४ जनाको मृत्यु भएको छ। कुल २ लाख ८७ हजार १२२ को मृत्यु जनाको कोरोनाका कारण ज्यान गएको छ । भने २ करोडभन्दा बढी कोरोनामुक्त भएका छन्।

Advertisement

यतिबेला भारतमा ३१ लाख २९ हजार सक्रिय संक्रमित छन्। भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ५७ लाख ७२ हजार ४०० पुगेको छ।

प्रतिक्रिया