शुक्रबार, वैशाख १४, २०८१

कर्णाली अस्पतालले भन्यो : कोरोनाबाट मृत्यु भए कात्रो किनिदिन्छौँ, उपचार हुँदैन

मेरोन्यूज २०७८ जेठ ४ गते ११:५२

काठमाडौँ । सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पतालले कोरोना भाइरस (कोभिड–१९) संकमणबाट मृत्यु भएका व्यक्तिको अन्त्योष्टि गर्न आवश्यक पर्ने सामाग्री दिने घोषणा गरेको छ । अस्पतालले शव व्यवस्थापनका लागि आवश्यक पर्ने मट्टीतेल, कैची, डोरी, कात्रोलगायत सामाग्री दिने घोषणा गरेको हो ।

गत शुक्रबार सोही अस्पतालले अक्सिजनको अभाव भएको भन्दै कोरोना संक्रमित बिरामीको भर्ना लिन नसक्ने भन्दै सूचना जारी गरेको थियो । त्यसको चार दिनपछि सोमबार सोमबार एक सूचना जारी गर्दै कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न आवश्यक पर्ने सामाग्री दिने जनाएको छ ।

‘कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएहरूको शव व्यवस्थापनका लागि मृतकका परिवारले मट्टितेल, कैंची, डोरी, प्लाष्टिकलगायतका सामग्रीको व्यवस्थापन गर्नुपर्ने अवस्थाको हामीले अन्त्य गरेका छौँ,’ अस्पतालका प्रमुख डा डम्बर खड्काले हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना प्रियजनको मृत्यु हुँदा दुःखमा रहेका आफन्तजनले निषेधाज्ञाको समयमा बजारमा गएर ती सामग्रीको जोहो गर्नु चुनौती पूर्ण रहेकाले मिति २०७८ जेठ ४ गतेदेखि निःशुल्क यी सामाग्री उपलब्ध गराउने निर्णय गरेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’

प्रतिक्रिया