बुधबार, वैशाख २६, २०८१

सभामुख र सांसदहरुलाई भोलिदेखि तीनदिन ‘कोभिडसिल्ड’ दोस्रो डोज दिइने (तालिका सहित)

मेरोन्यूज २०७८ वैशाख ३० गते १७:३९

काठमाडौं । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष सहित दुबै सदनका सांसदहरुलाई (भोलि) शुक्रबार देखि कोभिडबिरुद्धको दोस्रो डोज खोप कोभिसिल्ड लगाइदै छ । पहिलो डोज खोप लगाएको आठ हप्ता पुगेको उनीहरुले (भोलि) शुक्रबार देखि तीनदिनसम्म दोस्रो डोज खोप लगाइने संसद सचिवालयले जनाएको छ ।

Advertisement

सांसदहरुले खोप लगाउँदा सचिवालयका कर्मचारी, सहयोगी सवारी चालक, संदीय पत्रकार लगायतले पनि दोस्रो डोज खोप लगाउनेछन् ।
संसद सचिवायले क कसले कहिले कहाँ गएर दोस्रो डोज खोप लगाउन सक्ने भनेर सूचना जारी गरेको छ ।

फागुन २३ अगावै पहिलो चरणको कोभिसिल्ड खोप लगाएको र यो संख्या १ हजार ४५० बढी नभएकोले उनीहरुका लागि मौज्दात खोप लगाउँन लागेको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा झलक गौतमले जानकारी दिए ।
उनले २३ फागुन पछि समुदायस्तरमा चलाइएको ६५ बर्ष माथिकालाई दोस्रो डोज दिने कार्यक्रम भने थप खोप आएपछि मात्रै सम्भव हुने बताए । दोस्रो डोज लिन बाँकी ६५ बर्ष माथिकाको समूह करिब १० लाख रहेको डा गौतमले बताए ।

प्रतिक्रिया