शुक्रबार, वैशाख १४, २०८१

आजको राशिफलः वैशाख २९ गते बुधबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख २९ गते ६:१९

काठमाडौं । आज २०७८ साल वैशाख महिनाको २९ गते बुधबार, वैशाख शुक्लपक्षको प्रतिपदा तिथि । ललितपुरमा मत्स्येन्द्रनाथ रथारोहण । अब लागौं आजको राशिफलतर्फ

मेष
भित्रि बुद्धि र चतुर्‍याईका कारण कठिनाईसँग जुध्ने तागत प्राप्त हुने छ । आत्माबल बलियो हुने छ । नेतृत्वदायी क्षमतामा पनि बृद्धि हुने छ । सामान्यतया मनमा अकस्मात उदासिनताले डेरा बसाउने छ । पेशागत जीवनबाट आम्दानीमा थोरै भए पनि बृद्धि हुने छ । राजनीतिक क्षेत्रमा लागेकाहरुलाई समय धेरै सकारात्मक नभए पनि प्रतिकुल पनि हुने छैन् । कोइलाको कारोवार, फलाम, श्रम आपूर्ति, ठेक्कापट्टा, ग्रिल उद्योग, उद्योग, कलकारखाना जस्ता क्षेत्रमा आवद्धहरुलाई थोरै भए पनि सकारात्मकता थपिने छ ।

वृष
पेशागत तथा ब्यावसायिक जीवनमा सकारात्मक देखिने छ । तर मनलाई भने उदासिनता र दुविधाले ग्रस्त बनाउने छ । ब्यक्तित्वमा आउने दृढताले समस्याहरुलाई चिर्न ठुलो मद्दत गर्ने छ । नेतृत्व क्षमतामा गिरावट आउने भएकाले सबैलाई समेटेर नेतृत्व प्रदान गर्ने क्षमतामा कमि आउने छ । किराना पसल, दैनिक उपभोग्य सामानको ब्यापार, प्राज्ञिक क्षेत्र, लेखन, अध्यापन, शिक्षण पेशा जस्ता क्षेत्रमा संलग्नहरुका लागि समय केही सकारात्मक बन्ने छ ।

मिथुन
आम्दानीमा हुने बृद्धिले ब्यक्तित्वमा दृढता थप्ने छ । उच्च मनोबल हुने छ, जसले गर्दा प्रतिष्पर्धात्मक क्षमतामा पनि बृद्धि हुने छ । रिस कडा हुने भएकाले यसबारेमा संयमित रहने प्रयास हरदम गर्नु होला । बोलीको प्रभाव घट्न पुग्दा ब्यक्तित्वको गरिमामा आँच आउने छ । त्यसैले बोलीलाई संयममा राख्नु होला । उद्योग कलकारखानामा श्रम समस्या उत्पन्न हुने छ । सार्वजनिक यातायात, भाडाका गाडि, उद्योग कलकारखाना, ग्यारेज, ग्रिल उद्योग, नट बल्टुको कारोबार जस्ता क्षेत्रमा संलग्नहरुका लागि समय अनुकुल छैन् ।

कर्कट
अरुको विश्वास जित्ने सकिने छ । आफ्नो कर्म र पेशा तथा ब्यवसायप्रति समर्पित हुने जाँगर र उर्जा प्राप्त हुने छ । कर्मशिल ब्यक्तित्व बन्ने छ । तर आफुले गरेका कामको अरुबाट कम नै मुल्यांकन हुने भएकाले मनमा निराशा आउने छ । त्यसैले निरन्तर कर्म गर्न भने नछोड्नु होला । भाग्यको साथ नरहेकाले अपजस ब्योहर्नु पर्ने छ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । पैतृक सम्पत्तिको परिचालनबाट लाभ मिल्ने छ । राजनीति, प्रशासन, नेतृत्व, क्षेत्रमा सक्रियहरुलाई अनुकुल देखिन्छ ।

सिंह
भाग्यको बलियो साथ रहेकाले आम्दानीमा केही बृद्धि हुन जाने छ । पेशागत र ब्यावसायिक जीवनमा औसत समय सक्रिय रहेको छ । ब्यक्तित्वको भने कदर हुने छ । राखिएका लक्ष्य र महत्वाकांक्षा पुरा हुन केही ढिला भएता पनि पुरा हुने छन् । राजनीति, निजामति , प्रशासनक क्षेत्र, ब्यवस्थापन, बैंकिङ्ग, बीमा, औषधी आपूर्ति, कपडा, ठेक्कापट्टा, अस्पतालजन्य सामानको आपूर्ति जस्ता क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ ।

कन्या
समय प्रतिकुल रहेकाले संयमित रहनु होला । मनले सोचेका लक्ष्यहरु पुरा हुने छैनन् जसले गर्दा मनमा उदासिनताको मात्रा बढ्ने छ । मेहनत गरेर कमाएको धनको सदुपयोग हुन नसक्ने भएकाले यसबारेमा निकै विचार गर्नु होला । साझेदारीमा गरिएका कामहरुमा बिबाद चर्किने छ । दाम्पत्य जीवनमा पनि असमझदारीहरु आउने छन् । वाणिज्य, उपभोग्य सामानको कारोवार, तेल, खाने तेल, पत्रकारिता, ब्यवस्थापन, आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई केही फाइदा मिल्ने छ । अरुको हकमा समय सामान्य रहेको छ ।

तुला
कमजोर ब्यक्तित्व हुने भएकाले अरुले हेप्न खोज्ने छन् । भाग्यहिनता हुने भएकाले कर्मशिलताको अभाव हुने छ । कार्यालय तथा ब्यवसायमा आफु भन्दा माथिका हाकिमअरुसँग सम्बन्धमा चिसोपना आउने भएकाले ध्यान दिनु होला । जीवनसाथिको साथसहित अघि बढेमा पेशा तथा ब्यवसायमा सकारात्मकता थपिने छ । परिवारको साथ रहने हुनाले केही मनमा भने अवश्य राहत मिल्ने छ । प्रेस जगत, इन्जिनियरिङ्ग, आम संचारमाध्यम, पत्रकारिता, स्टेसनरी, पुस्तक, छापाखाना, सौन्दर्य ब्यवसाय जस्ता क्षेत्रमा सक्रियहरुको पेशागत जीवनमा समस्याहरु निम्तिने छन् ।

वृश्चिक
समय प्रतिकुल रहेकाले संयमित भएर मात्र निर्णयहरु लिनु होला । नकारात्मक विचारहरु एकपछि अर्काे आउने छन् । यसले मनमा निराशा छाउने छ । शरीरमा आलस्यताले सताउने छ । जसले गर्दा निर्णय क्षमतामा ह्रास आउने छ, ढुलमुले स्वाभाव देखिने छ । नेतृत्व क्षमतामा कमि आउने भएकाले अरुले पत्याउने छैनन् । घर जग्गाको कारोवार, ठेक्कापट्टा, डान्सबार, सुरक्षा निकाय, सर्जरी, होटल तथा रेष्टुरेण्ट आदी जस्ता क्षेत्रमा आवद्धहरुको हकमा पेशागत जीवनमा कठिनाई सामना गर्नु पर्ने समय छ ।

धनु
समय सकारात्मकतर्फ उन्मुख छ । भाग्यको बलियो साथ रहेकाले दृढ खाले ब्यक्तित्व बन्ने छ । मनमा पनि दृढता बढ्ने छ । तर थालि सकेका कामहरुलाई सम्पन्न गर्नेबारेमा भने निरन्तरताको अभाव हुने भएकाले ती कामहरु अलपत्र पर्ने छन् । बोलीको प्रभाव नहुने भएकाले यसबारेमा ध्यान दिनु होला । सकभर बिनम्र हुने प्रयास गर्नुहोला । पेशागत जीवनमा विभिन्न अवरोध तथा समस्याहरु उत्पन्न हुने भएकाले निकै संयमित रहँदा यसबाट बच्न मद्दत पुग्ने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद उत्पन्न हुने छ । पत्रकारिता, ब्यवस्थापन, बैंकिङ्ग तथा वित्त क्षेत्र, बाणिज्य जस्ता क्षेत्रमा सक्रियहरुको हकमा पेशागत जीवनमा कठिनाईहरु देखा पर्ने छन् ।

मकर
कठिन परिस्थितिसँग नआत्तिने स्वाभाव बृद्धि हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । आम्दानीमा पनि केही बृद्धि हुन जाने छ । मनोबल उच्च हुने भएकाले दृढ खाले ब्यक्तित्व हुने छ । अति धेरै रिसालु स्वाभावमा पनि बृद्धि हुने भएकाले यसमा संयम हुन नसके झैझगडा र बिबादमा फसिने छ । पारीवारिक द्वन्द देखा पर्ने भएकाले यसमा ध्यान दिनुहोला । पुरातात्विक क्षेत्र, अनुसन्धान, मनोपरामर्श, कुटनीति, खोज, गुप्तरी, अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता बिधामा रहेकाहरुलाई समय अनुकुल देखा परेको छ ।

कुम्भ
आम्दानीमा थोरै भए पनि बृद्धि हुने छ । पेशागत जीवनमा केही अप्ठ्याराहरु आउने भएकाले संयमित रहनु होला । यात्रामा अवरोधहरु आउने छ । जीवनसाथिको सल्लाहमा कामहरु गरेमा उक्त काम सम्पन्न गर्न मनोबल र ढाडस प्राप्त हुन जाने छ । परिवारका अन्य सदस्यहरुले पनि सहयोग गर्ने छन् । नारी प्रधान सौन्दर्यका प्रशाधन, भान्सा कोठाका सामान, सजावटको सामान, सर्जरीका सामान, औषधी, मेकअप, घर जग्गाको कारोवार, सवारीसाधन, सवारीसाधन, जस्ता क्षेत्रमा आवद्धहरुको हकमा समय हल्का सकारात्मक देखा पर्ने छ ।

मीन
आम्दानीमा हुने थोरै बृद्धिले मनमा शान्ति मिल्ने छ । भाग्यको बलियो साथ रहेकाले चुनौति सामना गर्ने शक्ति प्राप्त हुने छ भने चुनौतिको अवस्थामा पनि धैर्यता प्राप्त हुने छ । मनमा सुख र सन्तोष प्राप्त हुने छ । पारीवारिक तनाव उत्पन्न हुने भएकाले यसले आफूलाई एक्लो महशुस हुने छ । पेशागत जीवनमा विभिन्न खाले आरोपहरु खेप्नु पर्ने भएकाले संयमित भएर बोल्नु होला भने धैर्य भएर काम गर्नु होला । केमिकल्स, सामान ढुवानी, ठेक्कापट्टा, सिमेण्ट, फलाम, ग्रिल, रसायनीक मल, घर जग्गाको कारोवार जस्ता क्षेत्रमा कारोवार गर्नेहरुलाई केही राहत मिल्ने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया