शुक्रबार, वैशाख १४, २०८१

नेपालले रुससँग माग्यो ‘स्पुतनिक लाइट’ भ्याक्सिनको विस्तृत जानकारी

मेरोन्यूज २०७८ वैशाख २४ गते २१:३८

काठमाडौं । नेपालले रुससँग कोरोना भाइरसविरुद्ध निकै प्रभावकारी मानिएको ‘स्पुतनिक लाइट’ भ्याक्सिनको विस्तृत विवरण माग गरेको छ ।

एक डोज मात्र लगाए पुग्ने र त्यसको प्रभावकारिता पनि ९० प्रतिशतभन्दा बढी रहेको उक्त रुसी खोपका बारेमा मस्कोस्थित नेपाली दूतावासमार्फत विस्तृत विवरण माग गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यालयले आज प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसविरुद्ध आवश्यक स्वास्थ्य सामग्री ल्याउन तयारी तीव्र पारिएको जनाएको छ । बंगलादेशबाट अत्यावश्यक औषधिजन्य सामग्री सहायतास्वरुप प्राप्त हुने क्रममा रहेको पनि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया