शुक्रबार, वैशाख १४, २०८१

बजार अनुगमनसँगै सहजीकरणमा विभाग

मेरोन्यूज २०७८ वैशाख २४ गते १२:११

काठमाडौं । कोभिड–१९ को महामारीले गतसातादेखि भएको लकडाउनमा खाद्यपदार्थसँगै अत्यावश्यक सेवा सञ्चालनमा सहजीकरण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

बजार अनुगमनका बेला केही पसलमा त्रुटी भेटिएकाले नष्ट गरिएको सामान खरिदमा सहजीकरण गर्न व्यवसायीको निवेदनलाई ध्यान दिदै विभागले सुरक्षा निकायलाई आग्रह गरेको विभागका निर्देशक सिर्जना थपलियाले जानकारी दिईन् । अत्यावश्यक वस्तुको आयात ढुवानी, संचय र वितरणको लागि व्यवसायी, कर्मचारी परिचालनका लागि आवस्यक सहजीकरण गर्नुपर्नेमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबै जिल्ला प्रशासनमा पत्र दायर गरेको छ ।

विभागको पत्रलाई स्वीकृत गर्दै सबै जिल्ला प्रशासन कार्यालयले सम्बन्धित व्यवसायीलाई लकडाउनमा सहजीकरण गर्ने जनाएको छ । स्वच्छ अत्यावश्यक वस्तुको आवश्यकता भएकाले विभागको आग्रहलाई स्वीकार्दै व्यापारमा सहज हुने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए ।

यो पनि पढ्नुहोस्:-

निषेधाज्ञाका बीच बजार अनुगमन सुरु

उपभोग्य बजारलाई व्यवस्थित बनाउन स्थानीय तहले पनि अग्रसरता लिनुपर्छ : महानिर्देशक पौडेल (भिडियो)

पेट्रोलियम पदार्थसँगै तेल, मसला कुखुराको मासु पनि महंगो

प्रतिक्रिया